Prakash Adhikari May 1, 2021

काठमाडौं, १८ बैशाख । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

नाकाबाट आवतजावत जारी रहँदा नेपालमा कोरोना संक्रमण बढेको भन्दै शुक्रबार बसेको सीसीएमसीको बैठकले सीमा नाका बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले बैंक तथा वित्तिय संस्थाहरुले एक चौँथाइ कर्मचारी मात्रै राखेर सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।

निर्माण कार्यका हकमा कामदारहरुलाई निर्माणस्थलमै राखेर बाहिर आउजाउ गर्न नपाउने गरी काम गर्न दिन प्रस्ताव गरिएको छ ।

Share Now

Leave a comment.