Prakash Adhikari May 2, 2021

काठमाडौं, १९ बैशाख । बालुवाटारमा आकस्मिक स्थायी कमिटी बोलाउनुभएका प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुग्नुभएको छ ।

अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता चलिरहेको बताइएको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिबीचमा मुलुकमा अनपेक्षित रुपमा फैलदै गएको कोरोना भाइरसको दोस्रो लहर र गहिरिदै गएको राजनीतिक संकटका बारेमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले अनधिकृत अधिकारको उपयोग गरेर असंवैधानिक तवरले पौष ५ गते प्रतिनिधिसभाको विघटनको सिफारिस गरी राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भए यता नेपालको राजनीतिक संकट गहिरिदै गएको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदम बदर गरी सर्वोच्च अदालतले फागुन ११ गतेको फैसलाबाट प्रतिनिधिसभाको पुनस्थापना गरेपनि सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले तात्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को दर्ता खारेज भई त्यस अगाडिका एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि पनि राजनीतिक संकट सामान्यीकरण भएको छैन् ।

प्रधानमन्त्री ओलीले नै नेतृत्व गरिरहनुभएको नेकपा एमालेमा विरोधी समूहलाई समेटेर लैजानभन्दा कारबाही गरेर आफ्ना अन्धभक्तहरुलाई लिएर आफ्नो अनुकूलको पार्टी सञ्चालन गर्न उहाँले रुची देखाउनुभएकोले केन्द्रदेखि जिल्ला नगर तथा गाँउका वडावडामा सो पार्टीको समानान्तर संरचना बनेका छन् भने नेकपा माओवादीसंगको तिक्तताको कारण माओवादी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको संयुक्त प्रयासमा गण्डकी र लुम्बिनी प्रदेशमा नेकपा एमालेका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव आइरहेको छ ।

Share Now

Leave a comment.