Prakash Adhikari May 9, 2021

काठमाडौं, २६ बैशाख । नेपालको धितोपत्र बजारको नियमन निकायको रुपमा रहेको धितोपत्र बोर्डले २९ औं बर्ष प्रवेशको अवसरमा “नेपाल धितोपत्र बोर्ड बार्षिक लेख विशेषाङ्क २०७८” प्रकाशित गर्ने भएको छ ।

बोर्डले सोही विशेषाङ्कमा समाविष्ट गर्नका लागि धितोपत्र बजार,पुँजी बजार, मुद्रा बजार तथा अर्थतन्त्रसंग संबन्धित मौलिक र स्तरीय लेखहरु माग गरेको छ । बोर्डले जनाए अनुसार संबन्धित विषयमा लेखिएका र अन्यत्र प्रकाशित नभएका स्तरीय लेखहरुलाई विशेषाङ्कमा समाविष्ट गरिनेछ ।

बोर्डले अंग्रेजी र नेपाली दुवै माध्यमका लेखहरुलाई उचित स्थान दिने जनाएको छ । लेखहरुको अधिकतम् आकार १५०० शब्द राखिएको छ । लेखहरु अन्यत्र प्रकाशित भएका वा प्रकाशनका लागि प्रस्तुत नगरिएका मौलिक हुनुपर्ने बोर्डले जानकारी दिएको छ ।

इच्छुक लेखकहरुले बैशाख मसान्तसम्म research@ sebon.gov.np मा पठाउनुपर्ने छ ।

Share Now

Leave a comment.