Prakash Adhikari May 9, 2021

 

काठमाडौं, २६ बैशाख । नेपालमा विगगत २४ घण्टामा थप ८ हजार ८ सय ५० जनामा कोरोनाभाइरस सङ्क्रमण भएको छ भने र ८८ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार तीमध्ये काठमाण्डू उपत्यकामा फेला परेका सङ्क्रमितको सङ्ख्या ४ हजार भन्दाबढी छ।

मन्त्रालयको बिबरणमा उल्लेख भएअनुसार कुल १९ हजार ३ सय ८७ जनाको पीसीआर विधि र एन्टिजन विधिबाट परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

नेपाल कोभिड
मन्त्रालयले प्रकाशित गरेको विवरणमा सीसीएमसी नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्याङ्कको आधारमाू मृतकको सङ्ख्या थप भएको उल्लेख छ।

मन्त्रालयले विगत २४ घण्टाको अवधिमा ४ हजार २२ जना सङ्क्रमणमुक्त भएको जनाएको छ।

कहाँ छन् सङ्क्रमित ?

अहिले देशभरि ८८ हजार भन्दाबढी मानिसमा सक्रिय सङ्क्रमण छ। तीमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या सर्वाधिक छ।

मन्त्रालयका अनुसार अहिले काठमाडौं जिल्लामा २७ हजार ६ सय ६० जना, ललितपुरमा ६ हजार१० जना र भक्तपुरमा ३ हजार ९ सय १२ जनामा सक्रिय सङ्क्रमण छ।

सक्रिय सङ्क्रमितमध्ये ६ हजार ७ सय ३० जना संस्थागत आइसोलेशनमा र बाँकी ८१ हजार जनाभन्दा बढी घरमै आइसोलेशनमा बसिरहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताउनुभएको छ।

अहिले देशभरिका अस्पतालमा ८ सय ३२ जना आईसीयूमा र २ सय ६७ जना भेन्टिलेटरमा भएको उहाँले बताउनुभयो।

कोभिड भएर मृत्यु भएका व्यक्तको शव

कोभिड भएर मृत्यु भएका व्यक्तको शव

सरकारले सोमवार ७ हजार ४ सय ४८ जनामा सङ्क्रमण र ३७ जनाको मृत्यु, मङ्गलवार ७ हजार ६ सय ६० जनामा सङ्क्रमण र ५५ जनाको मृत्यु, बुधवार ८ हजार ६ सय ५९ जनामा सङ्क्रमण र ५८ जनाको मृत्यु, बिहीवार थप ९ हजार जनामा कोरोनाभाइरस सङ्क्रमण र ५४ जनाको मृत्यु, शुक्रवार ९ हजार १ सय ९६ जनामा सङ्क्रमण र ५० जनाको मृत्यु अनि शनिवार ८ हजार ४ सय १८ जनामा कोरोना भाइरस सङ्क्रमण र ५३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो।

मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च भएको देखिन्छ।

सङ्क्रमितहरू विभिन्न उमेर समूहका भए पनि २० वर्षदेखि ४९ वर्षसम्मका मानिसको सङ्ख्या सर्वाधिक छ ।

Share Now

Leave a comment.