काठमाडौं २७ बैशाख । बैशाख महिनामा सम्पन्न नेपाल, नेदरल्याण्ड्स र मलेशियाबीचको त्रिदेशीय टी २० क्रिकेट श्रृखलामा विश्व कीर्तिमान कायम गरेका नेपाली ब्याट्सम्यान कुशल भुर्तेलाई उछिन्दै पाकिस्तानका बाबर आजमले अन्तर्राष्ट्रिय क्रिकेट परिषदको (आईसीसी)को अप्रिल महिनाको ‘प्लेयर अफ द मन्थ’को उपाघि जितेका छन्।
बाबरले उनकै देशका फखर जमानलाई पनि पछि पारेका छन् ।
अप्रिल महिनामा बाबरले खेलेका ३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ७६ को औशतले २ सय २८ रन, ७ वटा टि २० अन्तर्राष्ट्रियमा ४३.५७ को औशतले ३ सय ५ रन बनाएका थिए । उनी ती खेलहरुमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय वरियताको नम्बर एक स्थानमा पुगेका थिए ।
🔸 Three ODIs, 228 runs at 76.00
🔸 Seven T20Is, 305 runs at 43.57
🔥 Became the No.1 ODI batsmanWell done, @babarazam258 for winning the ICC Men's Player of the Month for April 👏#ICCPOTM pic.twitter.com/CuCaodFEk7
— ICC (@ICC) May 10, 2021
त्यस्तै पाकिस्तानकै अर्का खेलाडी फखर जमानले दक्षिण अफ्रिकाबिरुद्ध एकदिवसीय सिरिजमा १००.६६ को औसतले ३ सय २ रन बनाएका थिए। उनले सिरिजमा दुई पटक शतक समेत बनाएका थिए । उनले दोश्रो एकदिवसीय खेलम १ सय ९३ रन बनाए ।उनी एक दिवसीय खेलमा उत्कृष्टको सातौ स्थानमा छन्।
गत अप्रिल महिनामा स्वदेशमा आयोजित त्रिदेशीय टी २० प्रतियोगितामा नेपाली क्रिकेटको राष्ट्रिय टिमबाट खेल्ने मौका पाएका २४ वर्षीय कुशलले ५ खेलमा २ सय ७८ रन बनाएका थिए। टी २० को अन्तर्राष्ट्रिय प्रतियोगिताको डेब्यु खेलमा नै लगातार ३ खेलमा अर्धशतक बनाउदै विश्वकीर्तिमान बनाएका कुशलले अर्का ओपनर आसिफ शेखसंग लगातार २ खेलमा शतकीय साझेदारीको अर्को विश्व कीर्तिमान पनि बनाएका थिए।
Thank you💗🙏 https://t.co/EANxxeT3X1
— Balen Shah (@Balen_Shah_1) May 7, 2021
आईसीसीले प्लेयर अफ द मन्थको मनोनयनमा परेका खेलाडीहरुलाई भोटिंग खुला गरेको थियो। त्यसपछि कुशल भुर्तेललाई भोट गर्न नेपाली समर्थकहरुले अभियाननै चलाएका थिए । तर सो अभियानले अपेक्षित नतिजा ल्याउन सकेन । नेपालका लागि कुशल मनोनयनमा पर्नु नै ठूलो कुरा थियो । आइसीसीको प्लेयर अफ दि मन्थमा नेपाली खेलाडी मनोनयन भएको यो नै पहिलो अवसर थियो ।
आईसीसीले समर्थकहरुले वेवसाइटमा गर्ने भोटलाई १० प्रतिशत मात्र गन्ने गर्छ। बाँकी ९० प्रतिशत प्लेयर अफ द मन्थलाई भोट गर्ने अवसर आईसीसीले चुनेको वरिष्ठ पत्रकार, पूर्व खेलाडी, प्रशारक तथा ‘आईसीसी हल अफ फेम’ रहेको स्वतन्त्र आईसीसी भोटिंग एकेडेमीमा रहेको हुन्छ। पाकिस्तानका अनुभवी वरियता क्रममा उच्च स्थानमा रहेको खेलाडी बाबरले यसपटक उपाघि जिते पनि नेपाली ब्याट्सम्यान कुशलले राम्रो संभावना चाँही देखाएका छन् । उनले आउदा अन्तर्राष्ट्रिय खेलमा यो लयलाई कायम राख्न सके वा योभन्दा पनि राम्रो गर्न सके भने सो उपाधि ग्रहण गर्ने दिन धेरै पर देखिदैन ।
नेपालमा अप्रिलमा सम्पन्न नेदरल्याण्ड र मलेसिया सम्मिलित त्रिकोणात्मक टी २० सिरिजमा नेपालको ओपनिंग ब्याटिंग सम्हालेका भुर्तेल प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएका थिए।
उक्त प्रतियोगितामा कुशललेले ६९.५ को औशतले ४ अर्धशतक प्रहार गर्दै २ सय ७८ रन बनाएका थिए। त्यस क्रममा उनले १४०.४ को स्ट्राइक रेटमा रन बनाएका थिए भने कुल २४ चौका र १६ छक्का प्रहार गरेका थिए।
सिरिजको पहिलो खेलमा नेदरल्याण्डस्विरुद्ध ६२ रन बनाएका कुशलले दोश्रो खेलमा मलेसिया बिरुद्ध अविजित ६१ रन, तेश्रो खेलमा ६२ रन, चौथो खेलमा मलेसिया बिरुद्ध १६ रन तथा फाइनलमा नेदरल्याण्ड बिरुद्ध ७७ रन बनाएका थिए।
कुशल आईसीसी टी २० अन्तर्राष्ट्रिय वरियतामा ६१ औं स्थानमा रहेका छन् । उनले स्टिभ स्मिथ, रिशभ पन्त जस्ता ब्याट्सम्यानलाई समेत पछि छाडेका छन्।


















