Prakash Adhikari February 13, 2018

काठमाडौं,१ फागुन । ‘क’ वर्गको बाणिज्य बैंक प्रभु बैंकले निकट भविष्यमा खोल्न लागेको ३१ वटा  शाखाका लागि शाखा प्रबन्धकदेखि कनिष्ठ प्रशिक्षार्थी सहयोगी सम्मका योग्य र दक्ष कर्मचारीको माग गरेको छ ।

बैकले ३१ जना शाखा प्रबन्धक, ३१ जना इन्चार्ज , एक जना एसिस्टेण्ट र केही कनिष्ठ प्रशिक्षार्थी सहयोगी कर्मचारी मागेको हो ।

कनिष्ठ कर्मचारीको संख्या किटान नगरिए पनि एक शाखामा ३ देखि ४ जना सम्म कर्मचारी राख्दा पनि यो संख्या १ सय भन्दा माथि पुग्न सक्ने देखिन्छ ।

बैंकले भोजपुरको अर्जुन र हतुवागढी गाउँपालिका, इलामको सन्दुकपुर गाउँपालिका, सोलुखुम्बुको दुधकोशी गाउँपालिका, धनुषाको मुखियापट्टी मुसरमियाँ गाउँपालिका, सिराहाको भगवानपुर र बरियापट्टी गाउँपालिका तथा बागलुङको तामाखोला, ताराखोला, बरेङ, निसिखोला रबडीगाढ गाउँपालिका,कास्कीको माछापुच्छ्रे, मनाङको नासोङ र नेस्याङ, मुस्ताङको डोल्मे, लामाङथाङ र थसाङ गाउँलालिका, त्यस्तै, म्याग्दीको धौलागिरि र राहुगङ्गा, पर्वतको बिहडी, कपिलबस्तुको बिजयनगर, रोल्पाको माडी, दैलेखको भगवतीमाई र गुराँस, डोल्पाको सेफेक्सुण्डो, हुम्लाको खाप्रुनाथ, बैतडीको सिगस, डडेलधुराको नवदुर्गाली र दार्चुलाको ब्यास गाउँपालिकाका लागि कर्मचारी मागेको हो ।

 

Share Now

Leave a comment.