Prakash Adhikari May 22, 2021

काठमाडौं, ८ जेठ । नेपाललाई कोरोना भाइरसको संक्रमण नियन्त्रण, रोकथाम र बिरामीहरुको उपचारको लागि स्वीट्जरल्यान्ड सरकारले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ।

८० लाख अमेरिकी डलर अर्थात करिब ९४ करोड नेपाली रुपैयाँ बराबरको उक्त स्वास्थ्य सामग्री लिएर स्वीस एअरको कार्गो विकान शनिबार काठमाडौं आइपुगेको हो।

उक्त स्वास्थ्य सामग्री स्वीस राजदूत एलिजाबेथ भोन क्यापेलरले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको छ।

 

नेपालले गरेको आग्रह अनुसार स्वीट्जरल्याण्डले स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको नेपालस्थित स्विज राजदूतवासले जनाएको छ।

स्वास्थ्य सामग्रीमा ४० थान भेण्टिलेटर, अक्सिजन कन्सेन्ट्रेटर, ११ लाख र्‍यापिड एण्टिजेन टेस्ट, १ लाख १० हजार केएन ९५ मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई छन् ।

Share Now

Leave a comment.