Prakash Adhikari February 14, 2018

जनकपुरधा (धनुषा),२ फागुन । प्रदेश नं २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत नियुक्त भएका छन् ।

राजपा नेपालको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्रीको लागि प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थसमक्ष दाबी पेश गरेका थिए ।

प्रदेश प्रमुख कायस्थले बुधवार फोरमका संसदीय दलका नेता राउतलाई मुख्यमन्त्रीको नियुक्तको पत्र दिएका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि राउतले मधेसी शहीदको सपना साकार भएको प्रतिक्रिया दिएका छन् ।

मुख्यमन्त्री राउतले बिहीबार शपथग्रहण गर्ने कार्यक्रम छ ।

पर्साबाट प्रदेशसभामा निर्वाचित राउत संघीय समाजवादी फोरमको वरिष्ठ उपाध्यक्ष हुन् ।

Share Now

Leave a comment.