Prakash Adhikari May 23, 2021

काठमाडौं, ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकत सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०७८ जारी गरेपछि प्रधानमन्त्री के.पी.शर्मा.ओलीले विगतमा नागरिकताका सम्बन्धमा गर्नुभएको भाषण भाइरल बनेको छ ।

प्रधानमन्त्री ओलीले सो भाषणमा भारतमा जन्मेका एक जना चेली नेपालको मन्त्रिमण्डलमा मन्त्री भएको र एक दर्जन जति सांसद रहेकोको रोष प्रकट गर्नुभएको छ । उहाँले नागरिकता पञ्चायतकालमा राजा रानीको जन्मोत्सवमा बालबालिकालाई चकलेट बाडे जसरी बोर्डरमा बसेर आउने जति सबैलाई बाड्ने चिज नभएको  भन्दै नागरिकता ऐन संशोधन गर्न आवश्यक नभएको भनाई राख्नुभएको थियो ।

अहिले आफ्नो सत्ता बचाउन मधेशवादी नेताहरुसंग गोप्य समझदारी गर्नुभएको र संविधान संशोधन गर्न कार्यदल समेत निर्माण गर्नुभएका प्रधानमन्त्री ओलीले संविधान संशोधनको तात्कालीन प्रस्ताव पहाड र मधेशकाबीचमा विभेद सिर्जना गर्ने र भौगोलिक अखण्डता सिध्याउने दस्तावेज भएकोले आफ्नो पार्टीले समर्थन नगरी विरोध गर्ने समेत बताउनुभएको थियो । वर्तमान प्रधानमन्त्रीले त्यतिबेला के भन्नुभएको थियो, उहाँकै शव्द र आवाजमा भिडियो सुन्नुहोस्:

https://twitter.com/i/status/1396443099274956800

Share Now

Leave a comment.