ललितपुर, २ फागुन । नेकपा एमालेले आकस्मिक रूपमा स्थायी कमिटी बैठक बोलाएको छ।
अपरान्हबाट चलेको बैठकमा पार्टी एकता र वर्तमान राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
ललितपुरको मानभवनस्थित निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको धरमा बैठक बोलाइएको हो।
सोही घरमा भएको एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बैठकले पार्टी एकतालाई अगाडि बढाउदै आएको छ ।