Prakash Adhikari May 26, 2021

 

भरतपुर(चितवन), १२ जेठ । चितवन जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २ सय नाघेको छ ।

स्वास्थ्य कार्यालय चितवनका तथ्याङ्क अधिकृत गीताञ्जली ढकालका अनुसार हालसम्म जिल्लामा २ सय ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । हालसम्म कोरोना भाइरसबाट भरतपुर महानगरपालिकाका १ सय ३१ जनाको मृत्यु भएको छ ।

त्यस्तै खैरहनी नगरपालिकाका ११, माडी नगरपालिकाका ७, रत्ननगर नगरपालिकाका २४, राप्ती नगरपालिकाका १८, कालिका नगरपालिकाका १३ र इच्छाकामना गाउँपालिकाका र्२ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

जिल्लाका विभिन्न अस्पताल र होमआइसोलेशनमा उनीहरूको मृत्यु भएको हो ।

जिल्लाका अस्पतालहरूमा बाहिरी जिल्लाबाट उपचार गर्न आउने सङ्क्रमितको सङ्ख्यामा पनि ठूलो रहेकको छ ।

उपचारका लागि बाहिरी जिल्लाबाट आएकाहरूमध्ये २ सय ६४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

जिल्ला र बाहिरी जिल्लाका मृतकमध्ये ३ सय २८ जनाको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । व्यवस्थापन गरिएका शव परिवारको सल्लाहमा पारिवारिक संस्कारअनुसार जलाउने वा गाड्ने गरिएको छ ।

मृतकमध्ये १ सय ३३ जनाको शव भने परिवारले नै व्यवस्थापन गरेका छन् ।

Share Now

Leave a comment.