Prakash Adhikari May 27, 2021

 

काठमाडौं, १३ जेठ । पृथ्वीका बासिन्दा भएकोले हामीलाई ब्रह्माण्डमा सूर्य र चन्द्र कसरी पृथ्वीको क्षितिजमाथि उदाउँछन र आकाशमा शुक्र, सप्तर्षि,ध्रुब तारा लगायतका ग्रह,तारा,पिण्डहरु देखा पर्दछन् भन्ने राम्रो थाहा छ ।

तर ब्रह्माण्डमा रहेको हाम्रो पृथ्वी अन्य ग्रह र उपग्रहबाट कस्तो देखिन्छ होला भन्ने कौतुहलता सबैमा रहेको छ ।

त्यो कौतुहल पनि एक जापानी अन्तरिक्ष यान कागुयाले मेटाएको छ ।

जापानी टेलिभिजन संस्था एनएचकेले सार्वजनिक गरेको एक भिडियो क्लिपमा सुदूरपूर्वको क्षितिजमा खुला आकाशमुनि गोलाकार पृथ्वी सेता र निलो रंगमा आकर्षक तवरले उदाउदै गरेको देखिन्छ ।

इन्टा साइन्सले दिएको जानकारी अनुसार पृथ्वीको उपग्रह मानिएको चन्द्रमाले सूर्यबाट प्राप्त प्रकाशको जम्मा ११ प्रतिशत प्रकाशमात्र परावर्तन गर्दछ तर पृथ्वीले ३७ प्रतिशत प्रकाश परावर्तन गर्दछ । यसैले पूर्णकोे दिन चन्द्रमा जति उज्यालो देखिन्छ, चन्द्रमाबाट पूर्णपृथ्वीको दिन पृथ्वी ४३ गुणा बढी चम्किलो देखिन्छ ।

 

 

 

JAXA | KAGUYA (SELENE) Image Taking of "Full Earth-Rise" by HDTV

Share Now

Leave a comment.