ओखलढुंगा, १३ जेठ । सुनकोशी नदीमा आएको बाढीले नवलपुरमा निर्माणाधीन मोटेरेबल पुल बगाएको छ । चम्पादेवी गाउँपालिका १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोड्ने पुल बगेको हो ।
करीब रु २३ करोड लागतमा चुँदी कन्ट्रक्सन प्रालि सानेपाले पुल निर्माणको ठेक्का लिएको थियो । कुल २१० मिटर लम्बाइको पुल असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेको थियो ।
बुधबार मात्रै ढलान गरिएको पुलको ४० मिटर भागमा बाढीले क्षति गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने बेलामा पुल निर्माणको काम पछिल्लो समय तीव्र बनाइएको थियो । वर्षामा बाढीको त्रास हुने भएकाले त्यस अगावै सक्ने गरी काम अघि बढाइए पनि ढलान सकेको केही घण्टामा बाढीले पुल बगाएको निर्माण कम्पनीका प्रतिनिधि मदन माझीले बताउनुभयो । उहाँका अनुसार यो पुल नयाँ टेक्नोलोजी अन्तरगतको केवल ब्रिज हो ।


cf]vn9’+uf, !# h]7 MM ;’gsf]zL gbLdf cfPsf] af9Ln] Iflt u/]sf] gjnk’/df lgdf{0ffwLg k’n . cf]vn9’+ufsf] rDkfb]jL ufpFkflnsf ! knfn’ / l;Gw’nLsf] lkmSsn ufpFkflnsf @ gjnk’/3f6 hf]8g] df]6]/]an k’n ;’gsfzL gbL cfPsf] af9Ln] aufPsf] xf] . @!) ld6/ nfdf] k’nsf] $) ld6/ efudf af9Ln] Iflt u/]sf] xf] . sl/a @# s/f]8sf] nfutdf r’FbL sG6«S;g k|f=ln ;fg]kfn] k’n lgdf{0fsf] sfd ul//x]sf] lyof] . t:jL/ M k”0f{k|;fb Gof}kfg]÷/f;;
उक्त प्रविधिबाट बनेको पुलमा ढलान सकिएपछि केवल तान्ने तयारी थियो । केवल तान्न नपाउँदै बाढीले बगाएको माझी बताउनुहुन्छ । ‘यो नेपालमा नयाँ प्रविधिबाट बन्दै गरेको पुल हो । केवल ब्रिज बनाउँदा ढलान सकेको १४ दिनसम्म केवल तान्नुपर्ने हुन्छ तर ढलान सकेको केही घण्टामै बाढीले बगायो ।’ माझीले भन्नुभयो, ‘गुणस्तरीय काम गर्दागर्दै प्रकृतिले साथ नदिँदा ४० मिटर स्ल्याब भत्कियो । निकै ठूलो क्षति भयो ।’ माझीका अनुसार करीब रु ६ करोड बराबरको क्षति भएको छ ।
निर्माणाधीन पुल बाढीले बगाएर यस क्षेत्रको भौतिक विकासको गुणस्तरता कमजोर रहेको संकेत गरेको सिन्धुली फिक्कल गाउँपालिका २ का वडाध्यक्ष शंकर भण्डारीले बताउनुभयो । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले निर्माण कम्पनीले आफूहरुसँग कुनै समन्वय नगरेको बताउनुभयो ।
सडक डिभिजन कार्यालय ओखलढुंगाका प्रमुख अरुणकुमार लाल कर्णले आफ्नो कार्यक्षेत्रमा उक्त आयोजना नपर्ने बताउनुभयो । ढलानमा दिइएको सपोर्टले लोड धान्न नसकेर क्षति भएको हुन सक्ने उहाँको भनाइ छ ।


















