केप कार्निभल(फ्लोरिडा), १४ जेठ(संयुक्त राज्य अमेरिका) । अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन(नासा) ले पर्सिभरेन्स यानमा राखेर मंगलमा पठाएको इन्ज्युइनिटी हेलिकोप्टर आफ्नो छैठौं उडानमा बत्तासिएर अनियन्त्रित हुन पुगेको समाचार छ ।
अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेसले जनाए अनुसार गत शनिवार मे २२ का दिन छैठौं उडानको समयमा झण्डै ३३ फिट(१०)मिटरको उचाईमा उड्दा इन्ज्युइनिटीमा त्यस्तो समस्या आएको थियो । यसमा जडान गरिएका क्यामेरामा यसको समग्र समयबद्धता बिग्रियो र यसको स्थानांकन गर्न नै अलमल पर्ने स्थिति देखा पर्यो । तस्विरहरु प्राप्त भएका छन् ।
A navigation timing error sent NASA's Ingenuity on a wild, lurching ride, but fortunately it was still able to land safely.
Watch more videos from Sky News: https://t.co/dkgiSi2lzd pic.twitter.com/jExdfIqPlc
— Sky News (@SkyNews) May 28, 2021
हेलिकोप्टरका मुख्य चालक( पृथ्वीबाट यसको उडान सञ्चालन र नियन्त्रण गर्ने दूर नियन्त्रक) हार्वर्ड ग्रिपका अनुसार उडिरहेको इन्ज्युइनिटी २० डिग्रोसम्म तलमाथि अगाडि पछाडि बत्तिरह्यो र उर्जा खपतको संकटको सामना गर्यो । यसैमा निहित थप ऊर्जा प्रदान गर्ने पद्धतिले यसको उडानमा स्थायित्व ल्याउदै यसको उद्धार गर्यो र यो आफ्नो अपेक्षित अवतरण मैदानको १६ फिट(५ मिटरभित्रै) सफलतापूर्वक अवतरण गर्यो ।
सो दिन यसलाई ३३ फिट(१० मिटर)को उचाईमा पुगेर ४ सय ९२ फिट(१५० मिटर) दक्षिणपश्चिम पुगेर त्यहाँ ४९ फिट(१५मिटर)को उचाई लिई दक्षिणतर्फबाट पश्चितर्फ तस्विर लिंदै १सय ६४ फिट(५० मिटर) उत्तरपूर्व पुगेर अवतरण गर्ने निर्देशन दिइएको थियो ।
इन्ज्युइनिटी पृथ्वीको नियन्त्रित कक्षबाट मंगलको जमीनबाट आकाशमा उड््ने पहिलो हेलिकोप्टर हो । फेब्रुअरी १८ मा नासाको पर्सिभरेन्स रोभरको पेटमा बसेर मंगल पुगेको इन्जुइनिटीलाई २ महिनापछि आवश्यक तयारी पूरा गरेर उडानको निमित्त तयार पारिएको थियो ।

अधिकतम्भार ४ पाउण्ड (१.८ किलोग्राम) तौल रहेको यो हेलिकोप्टरको उडानबाट नासा यति प्रभावित भएको छ कि यसले यो उडानलाई थप एक महिना लम्ब्याएर पर्सिभरेन्स रोभरलाई मंगलको जजेरो क्रेटरमा जीवन थियो कि थिएन र अब संभव छ कि छैन भनेर गरिने अध्ययनको लागि सघाउने गरी तस्वीर लिन यसको उपयोग गरिरहेका छन् । यसले रोभरले कभर गर्न नसकेका डाँडा वा थुुम्काहरुको तस्वीर उडानका क्रममा मंगलमाथिको आकाशवाट लिएर अध्ययनलाई सघाइरहेको छ ।
इन्ज्युइनिटीकालागि थपिएको समयावधिमा निस्केको यो पहिलो समस्या हो । इञ्जिनियरहरुले यो समस्याको समाधानको लागि धेरै दिनको समय खर्चेका छन् ।
NASA's Mars helicopter goes on wild ride after navigation error, but is "ready to fly again" https://t.co/nsM70qGtPO
— CBS News (@CBSNews) May 28, 2021


















