Prakash Adhikari May 29, 2021

दमौली(तनहुँ), १५ जेठ । अविरल बर्षाको कारण व्यास नगरपालिका–१ निर्मलनगरको छाब्दी खोला दोभानमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ६३ वर्षीया सरस्वती घर्ती रहेको प्रहरीले जनाएको छ।

तीन दिनदेखि लगातारको वर्षाका कारण गएको पहिरोले पुरिएकोले सरस्वती घाइते हुुनुभएको थियो । उहाँलाई उपचारका लागि लैजाने तयारी गर्दा मृत्यस भएको वडा अध्यक्ष खरसिङ दरैले जानकारी दिनुभएको छ।

प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार घरका अन्य सदस्य र वृद्धा फरक कोठामा सुतेका कारण सुरक्षित रहनुभएको छ।

Share Now

Leave a comment.