Prakash Adhikari May 30, 2021

काठमाडौं, १६ जेठ । अर्थमन्त्री विष्णु पौडेलले शनिवार सार्वजनिक गर्नुभएको बजेटले सेयर बजारमा अल्पकालीन लगानीलाई निरुत्साहित गर्दै दीर्घकालीन लगानीलाई प्रोत्साहित गर्ने नीति लिएको देखिएको छ ।

बजेटले लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन गरी विभाजन गरेर फरकफरक लाभकर निर्धारण गरेको छ ।

सरकारले गरेको वर्गीकरण अनुसार १ वर्षभन्दा कम अवधिलाई अल्पकालीन र १ वर्षभन्दा बढी अवधि लगानी गर्दा दीर्घकालीन भनेर छुट्याइएको छ ।

अबदेखि १ वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेले ७.५ प्रतिशत लाभ कर तिर्नुपर्नेछ भने एक वर्षभन्दा बढी अवधि होल्ड गर्दा ५ प्रतिशत लाभकर तिरे पुग्नेछ ।

अहिलेसम्म सबै व्यक्तिगत लगानीकर्ताले ५ प्रतिशत र संस्थागतले १० प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।

यस व्यवस्थासँगै अब २ प्रकारका लाभकर कार्यान्वयनमा आउनेछ । यसअघि धितोपत्र बोर्डले पनि अल्पकालीन र दीर्घकालीन गरी लाभकर पनि फरकफरक गर्न सुझाव दिएको थियो ।

Share Now

Leave a comment.