Prakash Adhikari February 15, 2018

फ्लोरिडा(संयुक्त राज्यअमेरिका), ३ फागुन । अमेरिकाको फ्लोरिडा पार्कल्याण्डस्थित एउटा स्कुलमा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको छ।

पार्कल्याण्डस्थित स्टोनमेन डगलस हाइ स्कुलमा स्कुलकै पूर्व विद्यार्थीले अन्धाधुन्ध गोली चलाएको र गोली लागेर १७ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले जनाएका छन्।

स्थानीय समय अनुसार बुधबार बिहान पार्कल्याण्डको मार्जोरी स्टोनम्यान डग्लस हाइस्कुलमा गोलीकाण्ड भएको हो । गोली लागी अन्य कतीपय विद्यार्थीहरू घाइते भएको बताइएको छ।

१२ जनाको स्कुल भित्रै, दुई जनाको स्कुल बाहिर, एक जनाको स्कुल नजिकैको रोडमा र दुई जनाको हस्पिटलमा मृत्यु भएको सुरक्षा अधिकारीहरुले जनाएका छन्।

अन्धाधुन्द गोली चलाउने १९ वर्षिय निकोलस क्रुजलाई नियन्त्रणमा लिइएको सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्थाहरुले जनाएका छन्।

बन्दुकधारी, क्रुजलाई सोही स्कुलबाट अनुशासनहीनताका कारण, निकालिएको पनि सुरक्षा अधिकारीहरुले जनाएका छन्।

यो सन् २०१२ यता विद्यालयमा भएको सबैभन्दा ठूलो र घातक गोलीकाण्ड हो । सन् २०१२ मा केन्टुकीमा एक विद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको थियो ।

गोली लागेर घाइते भएका थप १७ जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

Share Now

Leave a comment.