Prakash Adhikari May 31, 2021

दाङ, १७ जेठ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली काँङग्रेसका दृगनारायण पाण्डेले चार हजार १४० मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँले नेकपा (एमाले) का चन्द्रबहादुर खड्कालाई पराजित गर्नुभएको थियो । खड्काले तीन हजार ६१२ मत प्राप्त गर्नुभएको थियो ।

नव निर्वाचित पाण्डेलाई नेकपा (माओवादी केन्द्र), जनता समाजादी पार्टी, र जनमोर्चाको समर्थन रहेको थियो । घोराही स्थित कर्मचारी मिलन केन्द्रमा आज सम्पन्न मतदानमा २१७ मतदातामध्ये २१४ जनाले मतदान गर्नुभएको बताइएको छ ।

Share Now

Leave a comment.