काठमाडौं, १९ जेठ । नेपालका उदारवादी राजा वीरेन्द्रबिरबिक्रम शाहको परिवारका समस्त सदस्यसहित राजालाई आडभरोसा दिने शाही नातेदारहरुको हत्या गरिएको नारायणहिटी पर्व भएको आज २० वर्ष पुगेको छ ।
२०५८ जेठ १९ गते राती नारायणहिटीको त्रिभुवन सदनमा आयोजित रात्रीभोज सहितको शुक्रबारे जमघटमा भएको हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र अधिराजकुमार निराजन, छोरी श्रुतीसहित सहित शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र अधिराजकुमारको पद त्याग गर्नुभएका राजा बीरेन्द्रका कान्छा भाइ धीरेन्द्र शाहको मृत्यु भएको थियो।
घटनामा पूर्वरानी कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते हुुनुभएको थियो ।
त्यसबेला सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी ठहर्याएको ‘भटटट…. र र्याटटट… ‘प्रतिवेदनलाई त्यसलाई आमजनताले विश्वास गरेका छैनन् ।
स्वर्गीय राजा बिरेन्द्र र राजपरिवार प्रति भावपूर्ण श्रद्धांजलि व्यक्त गर्दछु।
राष्ट्रलाई अराजकता र विदेशी हस्तक्षेपबाट बचाउन पृथ्वीनारायण शाहकै पालादेखि राजा,जनता र सेना एक ढिक्का भएको इतिहास छ।
राष्ट्र बचाउने हो भने राजा र @thenepalesearmy ले स्पष्ट निकास दिनुपर्छ देशको निम्ति। pic.twitter.com/074kBNfbbG— Gorkhali Thito ( गोर्खाली ठिटो )?? (@GreaterGorkha) June 2, 2021
दरबारमा युवराज दीपेन्द्रले आफूले मन पराएकी कन्या देवयानी राणासंग बिबाह गर्न नदिएको झोंकमा माता,पिता,भाई,बहिनी र बन्धुबान्धव सबैलाई गोली प्रहार गरेको कुरा प्रतिवेदनमा उल्लेख भए पनि उक्त प्रतिवेदनको दाबीलाई धेरैले विश्वास गरेका थिएनन।
संसदको प्रतिनिधिसभाले पारित गरेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रिय सभाबाट फिर्ताभएपछि पनि प्रतिनिधिसभाबाट पुन: पारित गरेर दरबार पठाएपछि राजाबाट सर्वोच्चको रायको लागि पठाइनु, देशमा राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्ने उद्देश्यले आरम्भ भएको माओवादी जनयुद्ध उत्कर्षतिर पुग्दै गर्नु विरेन्द्रका परिवार र शाही नातेदारहरुको हत्यामा जिम्मेवार ठहर्याएका युवराज दिपेन्द्रको पनि कञ्चटमा गोली हानी हत्या गरिएको घट्नाले यो हत्या काण्डको आयतन प्रतिवेदनले उल्लेख गरेको भन्दा फरक थियो कि भन्ने विश्वास आम जनतामा अझै रहेको छ ।
ज्ञानेन्द्रको भावुक ट्वीट तर आदारभाव गायब
आफ्नो परिवारका दाजुभाउजु,भाई भतिजा र दिदीबहिनी, नातेदार र आफन्तहरु गुमाउनु भएका पूर्वराजा ज्ञानेन्द्रले सो दुर्भाग्यपूर्ण रातको घटनाको स्मरण गर्दै भावुक अभिव्यक्ति ट्वीट गर्नुभएको छ । उहाँको ट्रवीटमा भनिएको छः
“एक यस्तो हृदयका चोट, जसलाई कहिले भुल्न सकिन्न। साथ र सम्बन्धहरू चुँड्ने अधिकार नियतीलाई मात्र रहेछ। अनुत्तरित प्रश्नका उत्तरहरू पाउनका लागि अझै समयले कति कोल्टे फेर्नुपर्छ कसैलाई थाहा छैन। प्रिय दाजु र उनका परिवार प्रति हार्दिक श्रद्धाञ्जलि। ”
एक यस्तो हृदयका चोट, जसलाई कहिले भुल्न सकिन्न। साथ र सम्बन्धहरू चुँड्ने अधिकार नियतीलाई मात्र रहेछ। अनुत्तरित प्रश्नका उत्तरहरू पाउनका लागि अझै समयले कति कोल्टे फेर्नुपर्छ कसैलाई थाहा छैन। प्रिय दाजू र उनका परिवार प्रति हार्दिक श्रद्धाञ्जलि। ? pic.twitter.com/bu0imUF4oa
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) June 2, 2021
राजपरिवारको राजसी शैली र राजपरम्परा बोली चाली,भेषभूषा,लवाई खुवाईमा झल्किने गर्दछ । तर राजपविारको त्यो उच्च संस्कार र शैली सानो ट्वीटमा अपवादको रुपमा देखा परेको छ । पूर्वराजा ज्ञानेन्द्रले आफ्ना दाजु र तात्कालीन राजालाई उनी भन्नुभएको छ ।
आफूलाई हामी भन्ने र गरिबक्सेका छौ भन्ने परम्परामा हुर्कनुभएका र आफै दुईदुईपटक राजा हुनुभएका पूर्व राजा ज्ञानेन्द्रले आफ्ना दाजुलाई तपाईसम्म भनेर श्रद्धा गर्ने सद्भाव नदेखाउनुभएकोमा धेरैलाई बिझेको छ ।
पहिलेका उहाँका ट्वीटहरुमा राजाबीरेन्द्रलाई उहाँ भनेरै संबोधन गरिन्थ्यो । हेर्नुहोस् :
प्रत्यक्ष/परोक्ष रूपमा विभिन्न भावभङ्गीमा हाम्रो परिवारमाथि हाम्रा प्रिय दाजू र वहाँको परिवारको अन्त्यका विषयमा भनिने कुराहरूले हामीलाई निक्कै मर्माहत तुल्याउने गर्दछ। जनताको मत पाएका सत्तासिन व्यक्तिहरूलाई वहाँको हत्याको छानबीन गर्ने पूर्ण अधिकार छ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) December 29, 2020
हाम्रा आदरणीय दाजू बीरेन्द्र बीर बिक्रम शाहदेवको ७६औं जन्म जयन्तीका अवसरमा वहाँप्रति हार्दिक श्रध्दाञ्जलि । pic.twitter.com/YztXe7in03
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) December 29, 2020
शाही संहारपछि राजतन्त्रको ओरोलो पाइलो
राजदरबार घट्नाको दुई दशकको अवधिमा नेपालको राजतन्त्रले पनि निकै ठूलो अबरोह व्यहोर्यो । राजा बीरेन्द्रको वंशनाश भएपछि राजगद्दीको उत्तराधिकार सम्हाल्नुभएका राजा ज्ञानेन्द्रले डेढबर्षपछि नै जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई अपदस्त गरी आफ्ना अनुकूलका सरकार बनाउने र राज्यको कार्यकारी अधिकार लिनेसम्मका कार्य हुन गयो ।
राजाबाट अधिकार फिर्ता लिन भएको जनआन्दोलनको परिणाम स्वरुप २०६३ बैशाख ११ गते प्रतिनिधिसभा पुनःस्थापना हुनु,पुनःस्थापित प्रतिनिधिसभाले जेठ ४ को प्रतिनिधिसभा घोषणाद्धारा राजाका आलंकारिक अधिकारहरु पनि कटौती गर्नु, अन्तरिम संविधान निर्माण गरेर राजालाई निलम्बित राख्ने र संविधानसभाको पहिलो बैठकबाट गणतन्त्रको घोषणा गर्ने कुरा उल्लेख गरी जेठ १९ को शाही संहारको घटनापछि कमजोर भएको राजतन्त्रलाई समाप्तिको डिलमा उभ्याइयो ।
२०६४ चैत्र २८ गते भएको संविधानसभाको निर्वाचनपछि २०६५ जेठ १५ मा बसेको संविधानसभाको पहिलो बैठकले अन्तरिम संविधानमा उल्लेख भएबमोजिम नेपालमा राजतन्त्रको उन्मूलन भएको घोषणा गर्दै स्थानापन्न भएको राष्ट्राध्यको काम तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट गराउने सम्बन्धी नीतिगत घोषणा गर्यो ।