काठमाडौं, २४ जेठ । साल्ट ट्रेडिड. कर्पोरेशन लिमिटेडले भोलि जेठ २५ गतेदेखि आफूले विक्री गर्दै आएका खाद्य सामग्री तथा ग्यास बिक्री डिपो बिहान जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको समयमा दुई घण्टामात्र खुल्ने जनाएको छ ।
साल्ट ट्रेडिड.ले सोमबार एक विज्ञप्ति जारी गरी नेपाल सरकारले आगामी आर्थिक बर्षको लागि अध्यादेशमार्फत जारी गरेको बजेट बक्तव्यमा कम्पनीबाट विक्री गरिने खाद्य सामग्री र ग्यासमा उपभोक्तालाई २० प्रतिशत सहुलियत दिने घोषणा गरेकोले बजेट सार्वजनिक भएको भोलिपल्टदेखि नै यसका विक्री डिपोमा थामि नसक्नु भीड भएपछि यस्तो निर्णय लिनु परेको जनाएको छ ।
बिक्री डिपोमा अत्यधिक भीड भएर कोरोना संक्रमण फैलने त्रास बढेपछि साल्ट ट्रेडिड.ले यस्तो निर्णय लिएको हो ।


















