Prakash Adhikari June 7, 2021

 

काठमाडौं, २४ जेठ । नेपालमा बढेको कोरोना भाइरस संक्रमणसंग जुध्न अष्ट्रेलियाले १ करोड ६३ लाख रुपैया बराबर (१८ लाख अष्ट्रेलियन डलर) का स्वास्थ्य सामग्रीको सहयोग गरेको छ ।

अष्ट्रेलियाको सहयो सामग्री लिएर रोयल अष्ट्रेलियन वायुसेनाको जहाज जेठ २२ गते काठमाडौ  आएको थियो ।

अष्ट्रेलियाबाट प्राप्त सहयोग  नेपालका लागि अष्ट्रेलियाका राजदूत  फेलसिटी भोकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका चीफ अफ जनरल स्टाफ लेफ्टिनेंट प्रभुराम शर्मालाई हस्तान्तरण गर्नुभएको थियो।

अष्ट्रेलियाले यो सहयोग दक्षिण एसियाका मित्र राष्ट्रहरु श्रीलंका,भारत र नेपाललाई दिएको सहयोग अन्तरगतको हो ।

कोरोना संक्रमणमा नेपाली सेनाले अग्रपडि.तमा रहेर  अस्पताल, एकान्तवास केन्द्र र दाहसंस्कारमा सेवा पुर्याउदै आएको सेनालाई सहयोग गरेको हो ।

Share Now

Leave a comment.