Prakash Adhikari June 8, 2021

जाजरकोट, २५ जेठ । नेपाली काग्रेसका युवा नेता तथा संविधानसभाका सदस्य राजीवविक्रम शाहले पठाउनुभएको स्वास्थ्य सामग्री जाजरकोट जिल्लाका अस्पताल र पालिकाहरुमा आइपुगेको छ ।

देशमा महामारीको रुपमा फैलिएको र स्वास्थ्यपूर्वाधार कमजोर रहेको कर्णालीमा यसको जोखिम बढेकोले युवा नेता, समाजसेवी तथा खेलप्रेमी शाहले कर्णालीको प्रदेश अस्पतालका साथै १० वटा जिल्लाका अस्पतालहरुलाई सहयोग हुने गरी १ करोड रुपैयाको सहयोगको घोषणा पहिल्यै गरिसक्नुभएको थियो ।

उहाँले आफ्नो पुख्र्यौली थलो र निर्वाचन क्षेत्र रहेको जाजरकोटमा बढ्दो कोराना संक्रमणलाई नियन्त्रण गर्न जाजरकोटलाई थप सहयोग पठाउनुभएको हो । उहाँले पठाएको सहयोग अहिले जाजरकोट जिल्ला अस्पताल र नगरपालिका र गाउपालिकाका स्वास्थ्य केन्द्रहरुमा पुगेका छन् ।

युवा नेता शाहले जाजरकोटका अस्पताल तथा स्थानीय तहहरुको मागका आधार यी सामाग्रीहरु जिल्लामा रहेका विभिन्न पार्टीका नेताहरुसंगको सल्लाहमा नेपाल सरकारको स्वास्थ्य मन्त्रालय र विभागका साथै विभिन्न संघसंस्थाहरुसंग समन्वय गर्नुको साथै आफ्नै व्यक्तिगत पहलमा पनि सामानहरु खरिद गरी जिल्ला पठाउनुभएको हो । उहाँले पूर्वमन्त्रीहरु शक्तिबहादुर बस्नेत , भैरवसुन्दर श्रेष्ठ , सत्या पहाडी ,नेकपा एमाले प्रदेश कमिटि सदस्य डम्बरबहादुर सिहंसमेतको समन्वयमा यी सामग्रीहरु जुटाउनु भएको थियो ।नेता शाहको अगुवाईमा संकलन गरी जिल्ला पठाइएको सामग्रीमा जनताको स्वास्थ्य सुरक्षाको लागि अत्यावश्यक पर्ने अक्सिजन सिलेन्डर, अक्सिजन कन्सन्टेटर, पीपीई सेट, एन ९५ सर्जिकल माक्स, पल्स अक्सिमिटर रहेका छन् ।

महामारीको बेलामा जिल्ला पुगेका स्वास्थ्य समाग्रीहरु विवादरहित ढंगले वितरण गर्न र चाहिएका नागरिकको समिपमा पुर्याउन उहाँले राजनीतिक लाभहानी र आग्रह तथा पूर्वाग्रह नराखी फरक राजनीतिक दलका नेताहरु पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत एबम पूर्बशान्ति तथा पुनर्निमार्ण मन्त्री भैरबसुन्दर श्रेष्ठ पूर्व मन्त्री, सत्या पहाडी ,नेकपा एमाले प्रदेश कमिटि सदस्य डम्बरबहादुर सिहं लगायतसंग समन्वय गरेर वितरण गर्ने प्रबन्ध मिलाउनुभएको छ ।

 

 

पहिले जनता जोगाऔ

कारोनाको दोस्रो लहरले देशलाई आक्रान्त पारेर सरकारसहित समग्र देश किंकर्तव्य विमूढ भएको बेलामा हुने र सक्नेले देश र जनताको लागि उदारतापूर्वक सघाएर जोगाउनु पर्छ भन्ने भावनाले ओतप्रोत भएर नेता शाहले कर्णालीका स्वास्थय संस्थाहरुलाई १ करोड सहयोग दिने घोषणा गर्नुभएको थियो ।


Rajeev Bikram Shah


कोरोना महामारीको महासंकटमा देश गुज्रीरहेको छ । पार्टीको राजनीति र आन्तरिक कुरा पछि गरौला । पहिला देश र जनता बचाउन लागौं । देश र जनता रहे राजनिती फेरी गरौंला । तस्वीर आफै बोल्छ

अहिले गृहजिल्ला जाजरकोटमा स्वास्थ्य सामग्री पठाएपछि उहाँले भन्नुभएको छ , “कोरोना महामारीको महासंकटमा देश गुज्रिरहेको छ । पार्टीको राजनीति र आन्तरिक कुरा पछि गरौला । पहिला देश र जनता बचाउन लागौं । देश र जनता रहे राजनीति फेरी गरौंला ।”

उहाँले नेपाली काग्रेसका भातृसंगठनहरुलाई माक्स सेनिटाइजर, साबुन सिटामोललिएर जनताको घरदैलोमा पुगेर स्वास्थ्य चेतना अभिबृद्धि गराउने े कार्यमा पनि सघाउनुभएको छ ।

कर्णाली प्रदेशका अस्पताललाई १ करोड सहयोग

जाजरकोटे राजाका सन्तति शाहले यस पहिले नै कर्णाली प्रदेश अस्पताललाई भेण्टिलेटरसहित ७० लाख रुपैया र प्रदेशका १० जिल्लाका जिल्ला अस्पताहरुलाई ३ लाख रुपैयाका दरले सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।

आफूले आर्जेको र पैतृक सम्पत्ति निश्वास्र्थभावले आवश्यकतामा परेका नेपालीहरुको जीवनरक्षाका लागि स्वास्थ्य क्षेत्रमा उदारभावले दिदै आउनुभएका युवा नेता तथा समाजसेवी शाहले आफ्नो पुख्यौली थलो जाजरकोटमा व्यक्तिगत लगानीमा एक सुविधासम्पन्न अस्पताल पनि बनाउनुभएको छ ।

HAMRO HOSPITAL, Badaban, Jajarkot, Nepal. - YouTube

उहाँले व्यक्तिगत खर्चमा छेदागढ ५ मा करिब ६ करोड रुपैयाभन्दा बढी लागतमा २५ सैय्याको सुविधासम्पन्न अस्पताल निर्माण गर्नुभएको हो ।

२०७४ सालको संघीय संसदको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बन्नुभएका शाहले निर्वाचनमा पराजित भएपनि आफ्नो बचनबद्धता अनुरुप अस्पताल निर्माण गरी आवश्यक उपकरणहरुले सुसज्जित गरेर दक्ष जनशक्ति प्रदान गरी सञ्चालन गर्नुभएको छ ।

उहाँकै विशेष सहयोगमा जाजरकोट जिल्ला अस्पतालमा निःशुल्क एम्बुलेन्स सेवा शुरु भएको छ ।

जिल्ला अस्पताल जाजरकोटबाट रिफर गरेका बिरामीलाई उक्त एम्बुलेन्सबाट सुर्खेतदेखि नेपालगन्जसम्म निःशुल्क ल्याउने लैजाने गरिरहेको छ ।

कुमारी ट्रष्टका अध्यक्ष रहनुभएका कांग्रेस नेता शाहले जाजरकोटमा ट्रष्टको माध्यमबाट समाज सेवा गर्दै आउनुभएको छ ।

कांग्रेस नेता शाह रिलायन्स लोटस फाइनान्स कम्पनी र नेपाल लाईफ इन्स्योरेन्सको सञ्चालक पनि हुनुहुन्छ ।

 

 

 

Share Now

Leave a comment.