Prakash Adhikari June 8, 2021

काठमाडौं, २५ जेठ । जर्मन सरकारल कोरोना भाइरसको दोस्रो लहरबाट नेपाली नागरिकहरुलाई जोगाउन यसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारलाई धेरै परिमाणमा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

जर्मन सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गर्नुभएको छ ।

जर्मनीले प्रदान गरेको स्वास्थ्य सामग्रीहरुमा १ सय १२ थान भेन्टिलेटर, २० लाख ६८ हजार ५ सय थान के ९५ मास्क, २९ हजार थान पल्स अक्सिमिटर, ३ करोड ४० लाख ३० हजार थान सर्जिकल मास्क, ५ आइसोलेसन सेन्टर टेन्ट, ४ सय गमबुट र २५ हजार लिटर हातमा प्रयोग हुने किटनाशक औषधीहरु रहेको नेपालििस्थत जर्मनीको राजदूतावासले जनाएको छ ।

जर्मनीको सहयोग ग्रहण गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले जर्मन सरकार नेपालको लामो समयदेखिको विकास साझेदार र असल छिमेकी रहेको उल्लेख गर्दै ठुलो परिणाममा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

सहयोग हस्तान्तरण गर्दै नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफरले जर्मनीले प्रदान गरेको सहयोग युरोपेली प्रयासको एक हिस्सा भएको बताउनुभयो । उहाँले वास्तविक रुपमा आवश्यक परेको ठाउँमा उक्त स्वास्थ्य सामग्रीहरु पुग्नेमा विश्वास पनि व्यक्त गर्नुभयो ।

राजदुत सेफरले इयुले ९० देशहरुमा २४ करोड खोप निकासा गरिसकेको जानकारी दिदै कम आय भएका देशहरुलाई कम मूल्यमा कोभिड विरुद्धको खोप पु¥याउने प्रतिबद्धता जनाएको पनि बताउनुभयो ।

 

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*