Prakash Adhikari June 10, 2021

 

पोखरा(कास्की), २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुड.ले आज प्रदेश सभामा विश्वासको मत लिनुहुने भएको छ ।

मुख्यमन्त्री गुरुड.ले आज विश्वासको मत लिने प्रस्ताब दुई दिन पहिले जेठ २५ मा प्रदेश सभामा दर्ता गराउनुभएको छ ।

मुख्यमन्त्री गुरुड.लाई प्रदेश प्रमुख सीता पौडेलले बैशाख २९ गते संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुृभएको थियो ।

संविधान अनुसार मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्दछ । सोही प्रावधान अनुसार उहाँल विश्वासको मत लिन लाग्नुभएको हो ।

सुब्बाको सत्ता धरमरमां

विश्वासको मतका संघारमा पनि मुख्यमन्त्री गुरुड.को सत्ता धरमरमै छ । राष्ट्रिय जनमोर्चालाई विपक्षी गठबन्धनतिर जानबाट रोकिए पनि मुख्य मन्त्री गुरुड.कै क्याबिनेटमा रहनुभएका स्वतन्त्र सांसद दीपक मनाङेले सरकारको साथ छोड्न अवस्था देखिएको छ ।

मनाङे साथमा रहदा संसदमा सरकार र प्रतिपक्षी दुवैतिर बहुमत नपुगी प्रदेशसभा विघटनको मार्गमा जानेभएपछि उहाँले सरकारको साथ छोड्ने अवस्था देखिएको हो ।

गण्डकी प्रदेश सभाको कुल सदस्य संख्या ६० रहेको छ । यसको बहुमत ३१ हुन्छ। प्रदेश सभामा मुख्यमन्त्री गुरुङको पार्टी एमालेका जम्मा २७ सांसद छन्। सर्वोच्च अदालतको फैसलाबाट पुनर्बहाली भएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले मत दिँदा पनि उहाँको पक्षमा जम्मा २८ मत पुग्छ । मन्त्री राजीव गुरुड. साथमा रहदा पनि उहाँको पक्षमा २९ सांसद मात्र हुन्छन् । बुहमत पुग्दैन।

यता विपक्षी गठबन्धनतर्फ नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसमेत), जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ ( तीन सांसदमध्ये कृष्ण थापा सरकारतिर लागेकोले) गरी कूल सांसदको संख्या ३१ हुन्छ। त्यसमा पनि सभामुखले मतदान गर्न नपाउने भएकाले ३० मत मात्र हुन्छ। तर मन्त्री मनाङले साथ दिँदा विपक्षीतर्फ ३१ मत अर्थात् बहुमत पुग्ने स्थिति छ।

विपक्षीका लागि मनाङेको स्थिति निर्णायक हुने भएपछि विपक्षी गठबन्धनका तर्फबाट उहाँसंग सुलह गरिएको छ । प्रदेश सभालाई जीवित राख्ने मूल्यमा उहाँ पनि विपक्षी गठबन्धनलाई समर्थन गर्न राजी हुनुभएको छ ।

गुरुड.ले विपक्षी गठबन्धनलाई साथ नदिंदा गण्डकीमा पनि केन्द्रमा के.पी. सरकारले विश्वासका मत नपाएर प्रतिनिधिसभा विघटन गरेकै खेलको पुुनरावृत्ति हुने खतरा विद्यमान छ ।

संविधानको धारा १६८ उपधारा ३ अनुसार सरकारले विश्वासको मत प्राप्त गर्न नसके उपधारा ५ आकृष्ट हुने र कतै पनि बहुमत नपुगे उपधारा ७ अनुसार प्रदेश सभा नै विघटन गरी चुनाव घोषणा गर्नुपर्ने हुन्छ। यसरी प्रदेश सभा जोगाउन दीपक मनाङे विपक्षी गठबन्धनलाई साथ दिन अग्रसर हुनुभएको हो ।

गण्डकीको सत्ता संकट

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले तात्कालीन नेकपाको एकीकरण अवैध बनेर त्यसपूर्वका नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा रहने अवस्था आएसंगै गण्डकीमा सत्ता संकट सुरुभएको हो । नयाँबर्षको सुरुआतसंगै धर्मराएको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुड.को सत्ता छलकलटबाट लगभग २ महिना लम्बियो । तर यो छलछाम धेरै दिन टिक्ने अवस्था देखिएको छैन ।

आफूमाथि अविश्वासको प्रस्ताव आउने सुईको पाएपछि नयाँ बर्षको विदाको दिन मन्त्रिपरिषद्को आकास्मिक बैठक राखेर प्रदेशसभाको नियमित अधिवेशन अन्त्य गराउनुभएका मुख्यमन्त्री गुरुड.विरुद्ध विपक्षीहरुले विशेष अधिवेशनको माग सहित अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

विशेष अधिवेशनको मुखमा स्वतन्त्र सांसद राजीव गुरुड.उर्फ दीपक मनाङेलाई मन्त्रीमा नियुक्त गर्ने र अविश्वासको प्रस्तावमा छलफलको समयमा राष्ट्रिय जनमोर्चाका सांसदलाई अस्पतालमा लुकाएपछि स्थगित भएको विशेष अधिवेशन पुनः सञ्चालन भएर मतदानको मिति तोकिएपछि त्यसको अघिल्लो दिन मुख्यमन्त्री गुरुड.ले पदबाट राजिनामा दिनुभएको थियो ।

त्यसपछि प्रदेश प्रमुखले प्रदेशसभामा रहेका दलहरुलाई बहुमत पुर्याउने आधारसहित सरकार बनाउने दावी पेश गर्न ३ दिनको समयावधिसहित आह्वान गर्दा दावी पेश गर्नुभएका नेपाली कांग्रेसका संसदीय दलका नेताको पक्षमा स्पष्ट बहुमत नदेखिएपछि संविधानको धारा १६८(३) अनुसार संसदको सबैभन्दा ठूलो राजनीतिक दलको रुपमा उहाँलाई पुन: मुख्यमन्त्री नियुक्त गरिएको थियो ।

 

 

Share Now

Leave a comment.