Prakash Adhikari June 10, 2021

काठमाडौं, २७ जेठ । प्रधानमन्त्रत्री के.पी. शर्मा ओलीले राजनीतिक स्थिरताका मौलिक चरित्र अंगीकार वर्तमान संविधानको हुर्मत लिने क्रममा प्रतिनिधिसभा दास्रा विघटनको सिफारिस गरेर आफै पदमुक्त भएपछि दोस्रो पटक मन्त्रिपरिषद्को विस्तार गर्नुभएको छ ।

एमाले र राजपाका नेताहरूलाई समेटेर प्रधानमन्त्री ओलीले सात मन्त्री र एक राज्यमन्त्री मन्त्री थप्न लाग्नुभएको छ।

प्रधानमन्त्रीले आफैले राख्नुभएको मन्त्रालयहरुमा नयाँ मन्त्रीहरु नियुक्त गर्नुभएको छ । प्रधानमन्त्रीले गृहमन्त्रीमा एमालेका खगराज अधिकारी, सञ्चार मन्त्रीमा नेकपा माओवादी छाडेर एमालेको झण्डा समाउनु आउनुभएका पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा, कृषि मन्त्रीमा माओवादीले प्रदेशसभाबाट कारबाही गरी निकालेकी ज्वालाकुमारी साह, वनमन्त्रीमा कैलालीका नारदमुनि राना, विना विभागीय मन्त्रीमा मोहन बानियाँ, उद्योग मन्त्रीमा राजपाका राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा नेकपा एमालेकै माधव नेपाल पक्षमा रहनुभएका गणेश पहाडी र वन राज्यमन्त्रीमा आशा विकलाई मन्त्रीमा सिफारिस गर्नुभएको र राष्ट्रपतिबाट २ :३३ मा नियुक्त गरिएको छ ।

नयाँ मन्त्रीहरुको आजै ४ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको वर्तमान मन्त्रिपरिषद्को स्वरुप हेर्दा यो आफ्नो पार्टीभित्रका माधवकुमार नेपाल र सर्वोच्चको फैसलापछि अलग भएको नेकपा माओवादी केन्द्रका नेताहरुलाई कमजोर बनाउन उनीहरुका मान्छे चोर्न र मधेशी पार्टीको उपनाम पाएका जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र राजेन्द्र महतोलाई सन्तुष्ट पार्ने अभिप्रायले बनाइएको देखिन्छ । प्रादेशिक हिसावल मन्त्रिपरिषद् सन्तुलित नभएको र २५ सदस्यीय मन्त्रीमण्डलमा १४ जना प्रदेश नम्बर २ बाट बनाइएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले जेठ २१ गते प्रधानमन्त्री ओलीले राष्ट्रिय जनता पार्टीका एक उपप्रधानसहित १० मन्त्रीहरूसमेटेर आफ्नो चुनावी मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको थियो ।

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*