Prakash Adhikari June 12, 2021

हेटौडा(मकवानपुर), २९ जेठ । प्रदेशसभामा रोष्ट्रमबाट राष्ट्रियहित नहेरी सत्ता बचाउन जेजस्ता पनि संझौता गरिरहनुभएका प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई हत्या गर्ने आफू अग्रसर हुनसक्ने अभिव्यक्ति दिनुभएका नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफूले दिएको विवादित अभिव्यक्ति फिर्ता लिने बताउनुभएको छ।

उहाँले आज विहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा रोष्ट्रमबाटै आफूले दिएको अभिव्यक्ति फिर्ता लिने निर्णयमा आफू पुगेको उहाँले बताउनुभएको छ।

‘विहान ११ बजे बस्ने बैठकमा मैले सभामुखसँग समय मागेको छु । अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्छु।’ उहाँले सचारकमीहरुसंग भन्नुभएको छ ।

उहाँले प्रधानमन्त्रीका पछिल्ला व्यवहारले भावनामा बहकिएर आफूले त्यस्तो अभिव्यक्ति दिन पुगेको बताउनुभएको छ।

आत्मालोचनादेखि निलम्बनसम्मको माग

कांग्रेस प्रदेशसभा सदस्य बैद्यले शुक्रबार वाग्मती प्रदेशसभामा दिनुभएको अभिव्यक्ति हिंसामा विश्वास नराख्ने नेपाली कांग्रेसदेखि कुनै पनि राजनीतिक दलहरुले मन पराएका छैनन् ।

उहाँलाई प्रदेशसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियादेखि नेपाली कांग्रेसका प्रवक्ता र सांसद गगनकुमार थापा सम्मले आत्मालोचना गर्दै सो अभिव्यक्ति फिर्ता लिन आग्रह गर्नुभएको छ ।

संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले शुक्रबारै भन्नुभएको थियो ,”कांग्रेस सांसद नरोत्तम बैद्यले आज वाग्मती प्रदेशशभामा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । आलोचना गर्दा राख्नुपर्ने संयम,परिपक्वता र पार्टीको निति विपरीतको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न संसदीय दलको नेताको हैसियतले आग्रहसहित निर्देशन गर्दछु ।”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले पनि उहाँलाई आत्मालोचना गर्न आग्रह गर्नुभएको छ ।उहाँले भन्नुभएको छ,”नरोत्तम वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन।मलाई विश्वास छ, दलको नेताको निर्देशन अनुसार आत्मालोचना गर्दै आफ्नो अभिव्यक्ति अविलम्ब फिर्ता लिनुहुनेछ।अहिंसात्मक राजनीतिमा विश्वास गर्ने कांग्रेसमा संघर्षमा मात्र हैन आलोचनामा पनि हिंसालाई कुनै स्थान हुँदैन।”

यता सरकार पक्षीय नेताहरुले भने प्रदेशसभासद् वैद्यलाई निलम्बन गरी ज्यानमार्ने उद्योगमा कारबाही चलाउनेसम्मका माग गर्नुभएको छ ।

सत्तारुढ दल नेकपा एमालेका प्रवक्ता प्रदीप नेपालले एक विज्ञप्ति प्रकाशित गर्दै यो विषय फौजदारी कानून आकर्षित हुने जनाउनुभएको छ । उहाँले यसमा नेपाली कांग्रेसको औपचारिक धारणा माग गर्नुभएको छ ।

 

Image

नेकपा एमाले बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएका नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम बैधलाई पक्राउ गरी मुद्दा चलाउन माग गर्नुभएको छ ।

उहाँले एक विज्ञप्तिमार्फत् बैधलाई तत्काल प्रदेश सभाबाट निलम्बन गरी कारबाही गर्न माग गर्नुभएको हो ।

उनले यसमा गम्भीर षड्यत्र लुकेका कारण एक शक्तिशाली आयोग बनाई तथ्य सत्या पत्ता लगाई सार्वजनिक गर्न नेपाल सरकार र प्रदेश सरकारसँग गर्नुभएको छ ।

प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराईले कानूनी दायरामा ल्याई कारबाही गरियोस भन्न माग गर्नुभएको छ भने प्रेस सल्लाहकार सूर्य थापाले फौजदारी कसुरमा कारबाही गर्न माग गर्नुभएको थियो ।

Share Now

Leave a comment.