काठमाडौं,४ फागुन । नेपाली कांग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आज(शुक्रबार) बालुवाटारबाट आफ्नो निजी निवास बुढानिलकण्ठ सर्ने भएका छन् ।
प्रधानमन्त्री नियुक्त भएपछि बालुवाटारस्थित सरकारी निवासमा बस्दै आएका देउवाले बिहिबारै पदबाट राजिनामा दिएका थिए । बिहिबार नै राष्टपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदमा नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गरी कार्यभार सम्हालिसकेका छन् ।
निवर्तमान प्रधानमन्त्री देउवाका प्रेस संयाजक गोविन्द परिवारका अनुसार निवर्तमान प्रधानमन्त्री देउवाले दिउँसो एक बजेपछि बालुवाटारको सरकारी निवास छाड्ने छन् ।
२०७४ जेठ २३ गते देशको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएपछि कांग्रेस सभापति देउवा असार ५ गते बालुवाटार सरेका थिए ।