Prakash Adhikari June 14, 2021

काठमाडौं, ३१ जेठ । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज परिसूचकले ३००० बिन्दु पार गरेर इतिहास रहेको छ। यस दिन नेप्से ४२.७२ अंक बढेर ३०२५.८३ विन्दुमा बन्द भएको छ।

सोमबार २ सय २१ कम्पनीको ३ करोड ५० लाख २७ हजार कित्ता शेयर खरिदबिक्रीबाट १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन नेपाल स्टक एक्सचेञ्जका उपसमूह मध्ये बैंकिड.,होटल तथा पर्यटन,फाइनान्स, निर्जीवन बीमा,उत्पादन तथा जीवन बीमा र लगानी उपसमूहका कम्पनीहरुको मूल्यसंगै उपपरिसूचक बढेको थियो भने व्यापार,विकास बैंक, जलविद्युत,अन्य,लघुवित्त र म्युचुअल फण्डको उपपरिसूचक घटेको थियो ।

सोमबार ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, ङादी ग्रुप पावर, ओरियन्टल होटल, सिईडीबी हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटल, यूनियन हाइड्रोपावर र एचआईडिसीएलको शेयर मूल्य १० प्रतिशतले बढेको छ।

यस दिन माउन्टेन हाइड्रो, अरुण भ्याली हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर र गुडविल फाइनान्स, रैराड. हाइड्रो पावर, गणपति माइक्रो फाइनान्स, रसुवागढी हाइड्रा पावर, युनाइटेड इदीमर्दी र सिप्रिड. पावर डेभलपमेण्टको शेयर मूल्य बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर, अपि पावर, हिमालयन डिष्टिलरी, नेपाल पुनर्बीमा कम्पनी, लुम्बिनी विकास बैंक, अरुण कावेली पावर लिमिटेड, नेशनल हाइड्रोपावर,रसुवागढी पावर लिमिटेड, नेपाल इन्स्योरेन्स र नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेड उच्च स्थानमा रहेका छन्।

Share Now

Leave a comment.