Prakash Adhikari June 14, 2021

काठमाडौं, ३१ जेठ । नेपालमा गत २४ घण्टामा २ हजार ९ सय १८ कोरोनाभाइरसका सङ्क्रमितहरू थपिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिडका कारण थप ५३ जनाको मृत्यु भएको छ।

सोमवार अपरान्ह प्रकाशित विवरणअनुसार ५ हजार १ सय ४७ जना सङ्क्रमणमुक्त भएका छन्।

नेपालमा निको हुने दर ८७.८ प्रतिशत छ भने मृत्यु दर १.४ प्रतिशत रहेको छ।

नेपालमा हालसम्म पुष्टि भएका कोभिड बिरामीको सङ्ख्या ६ लाख ३२ हजारको हाराहारीमा छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ६५ हजार जति छ।

मन्त्रालयका अनुसार सोमवार पुष्टि भएका सङ्क्रमितहरूमध्ये काठमाडौंको सङ्ख्या सर्वाधिक ३ सय ९६ रहेको छ।

अहिले ४३ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय भन्दा धेरै रहेको छ।

त्यस्तै कुल मृत्यु हुनेको सङ्ख्या ८ हजार ४ सय ६५ छ।

मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत २४ घण्टामा कुल १४ हजार ८ सय १९ जनाको परीक्षण गरिएको थियो।

ती मध्ये ९ हजार ४ सय ३८ जनाको पीसीआर र ५ हजार ३ सय ८१ जनाको एन्टिजन विधिबाट परीक्षण गरिएको थियो।

परीक्षण गरिएका नमुनामा सङ्क्रमण पुष्टि हुने दर १९.७ प्रतिशत छ।

सोमवार कोभिड हुनेहरूमध्ये सबभन्दा धेरै उमेर समूह २१ देखि ४० वर्षको ८ सय ५८ जना रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

त्यसैगरी कुल सङ्क्रमितमध्ये महिला ३९ प्रतिशतजति र पुरुष ६१ प्रतिशतजति रहेका छन्।

हाल आईसीयूमा रहेका बिरामीको सङ्ख्या ९ सय ९५ रहेको छ भने भेन्टिलेटरमा ३ सय २४ जना रहेको मन्त्रालयको तथ्याङ्क छ। सक्रिय सङ्क्रमितमध्ये ४ हजार ६ सय ८२ बिरामी संस्थागत आइसोलेशनमा रहेका छन्।

 

Share Now

Leave a comment.