मिजोरम(भारत), १ आषाढ । विश्वको सबभन्दा ठूलो परिवारको मुखिया मानिएका ७६ वर्षीय जियोना चानाको ७६ बर्षको उमेरमा भारतको पूर्वोत्तर राज्य मिजोरममा निधन भएको छ।
बहुपत्नी प्रथा भएको एउटा धार्मिक सम्प्रदायका प्रमुख रहेका जिओना चानाको आइतवार मृत्यु भएको हो।
उहाँका ३८ श्रीमती, ८९ सन्तान र ३६ नातिनातिना रहेका रहेको बताइएको छ।
मिजोरमका मुख्यमन्त्री जोरामथाङ्गाले ट्विटरमा ुमन भारीु भएको भन्दै समवेदना प्रकट गर्नुभएको छ। चानालाई मधुमेह र उच्च रक्तचापको समस्या थियो।
चिकित्सकहरूले पीटीआई समाचार संस्थालाई चानाको घरमै स्वास्थ्य बिग्रिएको र आइतवार साँझ मृत अवस्थामा अस्पताल ल्याइएको बताएका छन्।
अन्य व्यक्तिहरूले पनि उनीहरूको परिवार सबैभन्दा ठूलो भएको दाबी गरे पनि चानाको परिवार नै सबैभन्दा ठूलो रहेको कुरा निर्विवादित भने छैन।
त्यस्तै चानाको परिवारको ठ्याक्कै सङ्ख्या यकिन गर्न पनि सहज छैन।
एउटा विवरणमा उनका ३८ श्रीमती, ९४ सन्तान, ३३ नातिनातिना र एक पनाति रहेको बताइएको छ।
स्थानीय सञ्चारमाध्यमहरूले सबैभन्दा ठूलो परिवारको विश्व कीर्तिमान भएको विवरण दिए पनि त्यसको आधिकारिकता पुष्टि भएको छैन।
स्थानीय सञ्चारमाध्यमहरूले ूरिप्लिज् बीलीभ इट अर नटू टिभी शोमा यो परिवार दुई पटक देखाइएको बताउने गरेका छन्।
विश्व कीर्तिमान भए पनि वा नभए पनि चानाको परिवारका कारण भारतको उत्तरपूर्वी गाउँ पर्यटकीय आकर्षणको केन्द्र भने बनेको छ।
चानाको रमाइलो जीवनले पनि सञ्चारमाध्यममा निकै स्थान पाएको छ।
त्यो परिवार १०० कोठा भएको घरमा बस्छ। उनका श्रीमतीहरू चानाको शयन कक्षसँगै रहेको ठूलो कोठामा एकसाथ सुत्ने स्थानीय सञ्चारमाध्यमले लेखेका छन्।
चानाको घर
सो घर हेर्न विश्वभरिबाट पर्यटक आउने गरेका छन्।
रोयटर्सका अनुसार चाना सन् १९४५ मा जन्मिनुभएको हो र उहाँले आफूभन्दा तीन वर्ष जेठी पहिलो श्रीमतीलाई १७ वर्षको उमेरमा भेट्नुभएको थियो।
सो परिवार २,००० जना अनुयायी रहेको इसाई धर्मको चाना पउल सम्प्रदायको भएको बताइएको छ।
सो सम्प्रदायका सबै अनुयायी मिजोरमको राजधानीबाट ५५ किलोमिटर टाढा रहेको गाउँमा बस्ने गर्छन्।
पुरुषका लागि बहुपत्नी स्वीकार गर्ने यो सम्प्रदायलाई सन् १९४२ मा चानाका हजुरबुबाले स्थापना गर्नुभएको हो ।