Prakash Adhikari February 17, 2018

मेक्सिको सिटी(मेक्सिको),५ फागुन (बीबीसी)। दक्षिणी मेक्सिकोको वहाका राज्यमा शक्तिशाली भूकम्प गएको छ।

७.२ म्याग्निच्युडको उक्त भूकम्पले त्यहाँदेखि झण्डै ३ सय किलोमिटर टाढा मेक्सिको सिटीमा रहेका भवनहरू समेत हल्लाएको थियो।

हालसम्म हताहतीको विवरण प्राप्त भएको छैन। तर विद्यालयहरूमा उद्धारका कामहरू अघि बढाइएका थिए।

टेलिभिजन फूटेजमा मानिसहरू सडकतर्फ निस्किरहेको देखिन्छ।


आतंक
भूकम्पको धक्का महसुस भएपछि मेक्सिको सिटीमा अत्तलिएका हजारौं मानिसहरू सडकमा निस्किएका थिए।

उनीहरू एक अर्कालाई अंकमाल गर्दै रोएको र अंगालो हालेर बसेको अनि कतिपय अन्योलग्रस्त अवस्थामा रहेको एकजना बीबीसी संवाददाताले बताएका छन्।

“मैले जुनसुकै बेला हाम्रो शहर ध्वस्त हुनसक्छ भन्ने सम्झेँ, हामी भूकम्पबाट उच्च जोखिममा रहेको भूगोलमा बसिरहेका छौँ,” एकजना प्राथमिक विद्यालयका शिक्षक क्रिस्चियन हेर्नान्डेजले भने।

केही समय सवारीसाधन समेत सडकमै रोकिएका थिए।

पछिल्लो धक्का महसुस हुँदा धेरैले गएको सेप्टेम्बर महिनाको जस्तै विनाशकारी भूकम्प आएको आशंका गरेका थिए।

त्यसबेलाको भूकम्पमा झण्डै चार सयजनाले ज्यान गुमाएका थिए।

एक शताब्दीयताकै शक्तिशाली भूकम्प

मेक्सिकोका राष्ट्रपति एनरिके पेनिया नियटोले आफ्नो मुलुकमा गएको भूकम्पलाई एक शताब्दीयताकै शक्तिशाली भूकम्प भनेका छन् ।

भूकम्पका कारण छिमेकी देश ग्वाटेमालामा पनि एक जनाको ज्यान गएको उनले बताए ।

मेक्सिको दक्षिणी तटपारि प्रशान्त महासागरमा ८ दशमलव २ म्याग्निच्युड को शक्तिशाली भूकम्प जाँदा कम्तीमा ६ जनाको ज्यान गएको छ।

८ दशमलव २ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रविन्दु पिजीजीपान शहरभन्दा ८७ किलोमिटर दक्षिण पश्चिमतर्फ रहेको नियटोले जनाए।

गहिराइ

युएस जीओलोजिकल सर्भेले भूकम्पको गहिराइ ७० किलोमिटर रहेको जनाएको छ।

मेक्सिको सिटीमा भवनहरु जोडसँग हल्लिएका थिए र मानिसहरु आत्तिदैँ सडकमा आइपुगेका थिए
भूकम्प लगत्तै मेक्सिकोका साथै छिमेकी देशहरु ग्वाटेमाला, एल साल्भाडोर, कोस्टरिका, निकारागुवा, पानामा र होन्डुरसमा सुनामीको चेतावनी दिइएको छ।

मेक्सिकोमा तीन मिटरसम्मको अग्लो छाल आउन सक्ने बताइएको छ ।

भूकम्पको धक्का मेक्सिको सिटीमा महसुस गरिएको थियो ।

त्यहाँ भवनहरु जोडसँग हल्लिएका थिए र मानिसहरु आत्तिदैँ सडकमा आइपुगेका थिए ।

धक्का

भूकम्पको केन्द्रविन्दुभन्दा १,००० किलोमिटर पर रहेका मेक्सिको सिटीमा एक मिनेटसम्म धक्का महसुस गरिएको थियो ।

मेक्सिकोका लगभग ५ लाख नागरिकहरुले कम्पन महसुस गरेको र मृतकको संख्या बढ्न सक्ने नियटोले बताए।

भूकम्पका कारण दक्षिणी मेक्सिको र पश्चिमी ग्वाटेमालामा धेरै क्षति भएको बताइएको छ ।

आपत्काल घोषणा गरिएको चियापस राज्यको तटीय क्षेत्रहरुबाट मानिसहरुलाई स्थानान्तरण गरिएको थियो ।

यसअघि सन् १९९५ र १९८५ मा मेक्सिकोमा भूकम्प गएका थिए ।

Share Now

Leave a comment.