Prakash Adhikari June 18, 2021

काठमाडौं, ४आषाढ (बीबीसी) । विगत २४ घण्टामा नेपालमा प्राण घातक कोरोना भाइरसबाट ४४ जनाको ज्यान गएको छ भने
थप २ हजार ७ सय ६८ जनामा यस भाइरसको नयाँ सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार विगत २४ घण्टामा १३ हजार ३७ जनाको पीसीआर र एन्टिजन परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् ।

सो अवधिमा ४ हजार २० जना सङ्क्रमणमुक्त भएको मन्त्रालय जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ४२ हजार ८ सय ८ र मृतकको सङ्ख्या ८ हजार ६ सय ४१ पुगेको छ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार अहिले पनि काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

परीक्षण

परीक्षण : सङ्क्रमितको कोरोनाभाइरस नेगेटिभ नतिजा जरुरी छ ?

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ८ सय ७२ जना आईसीयूमा र २ सय ४६ जना भेन्टिलेटरमा छन्।

गुणस्तरहीन स्यानिटाइजर कसरी चिन्ने ?

भारतको पछिल्लो स्थिति

भारत सरकारले शुक्रवार बिहान प्रकाशित गरेको तथ्याङ्कमा विगत २४ घण्टामा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक लाखभन्दा कम देखिएको छ।

विश्वव्यापी महामारीको केन्द्रमा रहेको भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ।

तर सक्रिय सङ्क्रमितको सङ्ख्या क्रमशः घट्न थालेको सरकारी तथ्याङ्कले देखाउँछ। भारतमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या ३ लाख ८३ हजार नाघिसकेको छ।

चौबीस घण्टाको अवधिमा परीक्षण गरिएका मानिसमा कोरोनाभाइरस भेटिने दर घटेर ३.२४ प्रतिशत भएको सरकारी तथ्याङ्कमा उल्लेख छ।

अक्सिजन

कुल ६२ हजार ४ सय ८० जनामा कोभिड पुष्टि हुनुलाई सङ्क्रमण घट्ने क्रममा रहेको सङ्केत मानिएको छ।

महामारीको दोस्रो लहरमा परेको भारतका ग्रामीण क्षेत्रमा भएका मृत्यु सरकारी तथ्याङ्कमा समाविष्ट नभएको हुँदा मृतकको वास्तविक सङ्ख्या अहिलेको भन्दा बढी हुनसक्ने विज्ञहरूले बताएका छन्।अहिले भारतमा कोभिड भएर निको हुने क्रममा रहेका मानिसमा म्यूकोर्माइकोसिस अर्थात् कालो ढुसीको सङ्क्रमण पनि देखिएको छ।

विभिन्न राज्यमा गरेर हजारौँको सङ्ख्यामा त्यस्ता मानिस फेला परेका छन्।भारत सरकारका अनुसार अहिलेसम्म २ .९७ करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ।

भारतमा शुक्रवार बिहानसम्मको तथ्याङ्क :

निकोः २,८५,८०, ६४७ (९६.०३ प्रतिशत)
सक्रिय सङ्क्रमणः ७,९८,६५६ (२.६८ प्रतिशत)
मृत्युः ३,८३,४९० (१.२९ प्रतिशत)

Share Now

Leave a comment.