Prakash Adhikari June 24, 2021

काठमाडौं, १० आषाढ । आज बागमती, गण्डकी र लुम्बिनीका केही भागमा मेघगर्जन र चट्याड.सहित भारी बर्षाको संभावना रहेको जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले दिएको जानकारी अनुसार अहिले देशभर हाल मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले मुलुकका अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केहि भू–भागमा र वागमती प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का देखी मध्यम वर्षा भइरहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले प्रदेश नं १, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

साथै प्रदेश नं १, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा उक्त प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध पनि गरेको छ ।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख भए अनुसार शुक्रबार देशभार सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश नं १ र वाग्मती प्रदेशहख एकरदुई स्थानमाा मेघगर्जनरचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
असार १२ गते शनिबार पनि देशभार सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, प्रदेश नं २ र वग्गमती प्रदेशका थोरै स्थानमाा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम २९ दशमलव ५ र न्यूनतम तापक्रम २० दशमलव २ डिग्री सेल्सियस छ ।

Share Now

Leave a comment.