Prakash Adhikari February 18, 2018

काठमाडौं, ५ फागुन । आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को उपविजेता हुँदै २०१९ एकदिवसीय बिश्वकप छनौट खेल्न छानिएको नेपाली राष्टिय क्रिकेट टिम स्वदेश फर्कदा एअरपोर्टमा भव्य स्वागत गरिएको छ ।

नामिबियामा सम्पन्न खेल उपविजेता बन्दै नेपाली टीम शनिबार राति स्वदेश फर्केको थियो । इतिहाद एयरलाइन्सको विमानबाट राति ७स्५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका नेपाली टोली करिब १ घण्टा पछि एअरपोर्टबाट टिम बाहिरिएको थियो।

टिमको स्वागत गर्न करिब १००-१५० जना समर्थकहरु एअरपोर्ट पुगेका थिए। टिमको स्वागतमा पुर्व खेलकुद मन्त्री दलजित श्रीपाली, नेपाल क्रिकेट संघका सीओओ छुम्बी लामा, वाईसीएलका अध्यक्ष दिप शिखा उपस्थित थिए।

नेपाली क्रिकेटका प्रशंसकहरुले डिभिजन टु प्रतियोगितामा राम्रो खेल्ने खेलाडीहरुको नाम लिएर समर्थनमा नारा लगाएका थिए ।

नामिबियामा सम्पन्न प्रतियोगितामा दोस्रो स्थान हाँसिल गर्दै नेपाल डिभिजन १ मा पदोन्नति हुन सफल भएको छ।

नेपालले डिभिजन-२ को लिग चरणमा ५ मध्ये ४ खेलमा जित र १ खेलमा हार सहित अंकतालिकाको शिर्षस्थानमा रहँदै जिम्बाबेमा मार्चमा आयोजना हुने २०१९ एकदिवसीय बिश्वकप छनौटमा सिट पक्का गरेको छ ।

डिभिजन(२ को फाइनलमा भने नेपाल युएईसंग पराजित हुनपुग्यो र उपविजेताको रुपमा प्रतियोगिताको अन्त्य गर्यो।

विमानस्थलमा कप्तान पारस खड्का, प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका सन्दिप लामिछाने, करन केसी तथा प्रशिक्षक जगत टमाटाले पत्रकारहरुसंग कुराकानी गरेपछि नेपाली टिम होटल फर्केको थियो।

Share Now

Leave a comment.