लन्डन (संयुक्त अधिराज्य),५ फागुन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको सल्लाहकार परिषद्को पहिलो औपचारिक बैठक आज फार्नबोरोस्थित होटल भिलेजमा स्थानीय समय ११: ३० मा बस्ने भएको छ ।
एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिएका छन् ।
बैठकमा एनआरएन युकेको वतर्मान कार्यसमितिले हालसम्म गरेको कार्यक्रमको प्रस्तुति र समीक्षा हुने बैठकमा सल्लाहकारहरुबाट संस्थाको गरिमा उंचो बनाउन सुझाव र सल्लाह लिने कार्यक्रम तय गरिएको छ ।
बैठकमा गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय समितिका पदाधिकारी, एनआरएनए यूकेका संरक्षक, सल्लाहकार, कार्यसमिति तथा एनआरएनए अभियन्ताबीच एक परिचयात्मक कार्यक्रमका साथै सल्लाहकारहरुलाई औपचारिक सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।
एनआरएनए यूकेले सल्लाहकारहरुको सुझावलाई मनन गरि संस्थाको अल्प, मध्य तथा दीर्घकालीन रणनीतिहरु तय गर्ने भएको छ ।
भिलेज होटलमा हुने विशेष समारोहमा उपस्थितिको लागि एनआरएन युकेका महासचिव राजकुमार त्रिपाठीले सम्बन्धित सबैलाई सार्वजनिक अनुरोध पनि गरेका छन् ।