Prakash Adhikari June 28, 2021

काठमाडौं, १४ आषाढ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आफूले पटकपटक कारबाही गरी पार्टीबाट निष्काशन पनि गरिसकेका वरिष्ठ नेता माधवकुमार नेपाल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मामुली कार्यकर्ता हुँदा दंग परेको बताउनुभएको छ ।

उहाँले सो कुरा नेकपा एमालेका संस्थापक महासचिव मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनद्वारा सोमबार आयोजित ‘जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारी विषयक विचार गोष्ठी तथा पुरस्कार हस्तान्तरण’ कार्यक्रममा बताउनुभएको हो ।

एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का मामुली कार्यकर्ता हुँदा नै रमाइरहनुभएको छ । उहाँले भन्नुभयो ।

उहाँले आफ्नै पार्टीका अध्यक्ष तथा बहालवाला प्रधानमन्त्रीले विश्वासको मत लिंदा संसदमा उपस्थित नहुने र आफ्नो पार्टीका अध्यक्ष तथा संसदीय दलका नेताले प्रधानमन्त्रीमा दावी गरेको दिन विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने माधव  नेपाललाई प्रधानमन्त्री बनाउन आफूलाई बौलाहा कुकुरले टोकेको छ र ? भनी प्रश्न पनि राख्नुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसालाई दुरुत्साहन गर्ने गरी बहस हुँदा पनि सर्वोच्च अदालततले रोक्न नसकेको बताउनुभएको छ ।

संबोधनका क्रममा प्रधानमन्त्री ओलीले आगामी दिनमा अदालतमा हिंसालाई दुरुत्साहन गर्ने काम हुन नहुने जनाउँदै प्रश्न गर्नुभयो, “विद्वान अधिवक्तालाई आफ्नो भनाइ सम्हालिएर राख्न न्यायमूर्तिले भन्न सक्नुहुन्थेन र  !”

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतमा जारी सुनुवाइमा एक अधिवक्ताले फ्रान्स र बेलायतका घटनाको उदाहरण दिँदै मुलुकका राष्ट्रपति र प्रधानमन्त्रीको हत्या हुन सक्ने चेतावनी दिनुभएको थियो । नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका ओलीले विपक्षी गठबन्धनका नाममा नेपाली कांग्रेस पार्टी नेकपा (माओवादी केन्द्र)को प्रचण्डपथसँग टाँसिन पुगेकोमा पनि आश्चर्य प्रकट गर्नुभएको थियो ।

 

प्रधानमन्त्री ओलीले महात्मा गान्धीको हत्या गर्ने नाथुराम गोड्सेको खोजी गर्ने र नभेटिएमा आफै गोड्से बन्न तयार हुने भनेर कांग्रेसका नेताहरुले भन्न थाल्नु प्रचण्डपथकै प्रभाव भएको तर्क राख्नुभयो ।

Share Now

Leave a comment.