लुम्बिनी, गण्डकी र बागमती प्रदेशका ठाउँठाउँमा भारी बर्षा ; सतर्कता अपनाउन जल तथा मौसम विभागको अनुरोध
काठमाडौं, १६ आषाढ । जल तथा मौसम विज्ञान विभागले आज गण्डकी,लुम्बिनी र बागमती प्रदेशका ठाउँ ठाउँमा भारी बर्षाभएकोले सतर्कता अपनाउन सो क्षेत्रका वासिन्दाहरुलाई अनुरोध गरेको छ ।
विभागले जनाए अनुसार आज बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखी मध्यम बर्षा भईरहेको छ।
बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखी मध्यम बर्षा भईरहेको छ। साथै लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका थोरै स्थानहरूमा भारि बर्षाको पनि भईरहेकोले आवश्यक सतर्कत अपनाउनु हुन अनुरोध छ। @NDRRMA_Nepal pic.twitter.com/2GUAFISmAa
— Nepal Weather Forecast (@DHM_Weather) June 29, 2021
यसैबीच विभागको बाढी पूर्वानुमान महाशाखाले एक सूचना प्रकाशित गर्दै पछिल्लो ३ घण्टा परासीस्थित बर्दाघाट बर्षामापन केन्द्रमा भारी बर्षामापन भएको, उक्त क्षेत्रका स(साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने जानकारी दिंदै तटीय क्षेत्रमा दिउँसो सम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
असार १६,बिहान ५:३० बजे
पछिल्लो ३ घण्टा परासी स्थित बर्दाघाट बर्षामापन केन्द्रमा भारी बर्षामापन भएको, उक्त क्षेत्रका स-साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने,तटीय क्षेत्रमा दिउँसो सम्म सतर्कता अपनाऔ। pic.twitter.com/ixacqRgIAy— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) June 30, 2021


















