Prakash Adhikari July 3, 2021

 

काठमाडौं, १९ आषाढ । नेपालमा विगत २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट जीवन गुमाउनेको दैनिक संख्या २० बाट तल ओर्लेको छ । तर दैनिक संक्रमण भने २ हजार माथि नै रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको बिवरण अनुसार विगत २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणसम्बन्धी कारणले १९ जनाले जीवन गुमाएका छन भने यस घातक भाइरसबाट थप २ हजार ३ सय२८ जना संक्रमित भएका छन्।

पीसीआर र एन्टिजन गरी कुल १०हजार १ सय ३३ जनाको परीक्षण गरिँदा २ हजार ३ सय २८ जनामा सङ्क्रमण भेटिएको हो।

त्यसको अर्थ कुल परीक्षणको २३ प्रतिशतमा सङ्क्रमण देखिएको छ।

पछिल्ला दिनमा सङ्क्रमण दर २० प्रतिशतभन्दा माथि देखिएको छ।

मङ्गलवार सङ्क्रमण दर २२ प्रतिशत, बुधवार २५ प्रतिशत, बिहीवार २५।१२ प्रतिशत र शुक्रवार करिब २२ प्रतिशत रहेको थियो।

गएको २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ८ सय ३७ र एन्टिजन विधिबाट ४ हजार २ सय ९६ परिक्षण भएको थियो।

पीसीआरबाट १ हजार ५ सय २७ जना र एन्टिजनबाट ८ सय १ जनामा सङ्क्रमण देखिएको हो।

कुल सङ्क्रमितको सङ्ख्या मङ्गलवार २ हजार ६ सय३६, बुधवार २ हजार ८ सय ९२, बिहीवार २ हजार ७ सय ६० र शुक्रवार २ हजार २ सय ९९ रहेको थियो।

उपत्यकामा सक्रिय सङ्क्रमित

कोरोनाभाइरस सङ्क्रमण कम हुँदै गएको भनी काठमाडौं उपत्यकाभित्र लगाइएको निषेधाज्ञा निकै खुकुलो पारिएका बेला सक्रिय सङ्क्रमितको सङ्ख्यामा भने उल्लेख्य कमी आउन नसकेको सरकारी विवरणले देखाएको छ।

गत हप्तादेखि उपत्यकाको निषेधाज्ञालाई निकै खुकुलो पारिएको थियो।

गत मङ्गलवारदेखि त निषेधाज्ञा त्यसभन्दा पनि अझ खुकुलो भएको छ।

विगत १२ दिनमा उपत्यकामा सक्रिय सङ्क्रमित. .  .

तर उपत्यकाभित्र सङ्क्रिय सङ्क्रमितको सङख्यामा भने खासै धेरै कमी नआएको स्वास्थ्य तथा जनसङ्ख्याको विवरणमा देखिन्छ।यद्यपि त्यो सङ्ख्या घट्दो क्रममा रहेको छ।

काठमाडौं,, ललितपुर र भक्तपुर तीन जिल्लामा गरी शनिवार कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ९ सय ५५ रहेको छ।

विज्ञ के भन्छन् ?

उपत्यकामा जोरबिजोर प्रणालीमा निजी सवारीसाधन चलाउन दिन सुरु गरिएको अघिल्लो दिन १० हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका थिए।

त्यसमा क्रमशः कमी आउँदै गएको सरकारी विवरण देखाएको छ।

कोभिड बिरामी

कोभिड बिरामी

तर उपत्यकाभित्र अहिले चहलपहल धेरै हुन थालेको र स्वास्थ्य सावधानी अपनाउने क्रममा कमी देखिएकाले त्यसले पुनः सङ्क्रमण बढ्नसक्ने चिन्ता जनस्वास्थ्यविद्हरूको छ।

एकजना जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्नुहुन्छ, “काठमाडौंमा सबैतिरका मानिसको ओहोरदोहोर भइरहेको छ। यहाँ पनि भिडभाड बढेकाले सङ्क्रमण भइ रहेको छ।”

उहाँ पछिल्ला दिनमा कन्ट्याक ट्रेसिङ पनि हुन छाडेकाले ८ हजारको हाराहारीमा सक्रिय सङ्क्रमित रहेको काठमाडौं उपत्यकासहित देशैभरि विशेष सावधानी अपनाउनु आवश्यक रहेको बताउनुहुन्छ।

अन्य विवरण

नेपालमा हाल कुल सङ्क्रमितको सङ्ख्या ६ लाख ८१ हजारभन्दा बढी पुगेको छ। त्यसैगरी कुल मृत्यु हुने सङ्ख्या ९ हजार १ सय ९८ पुगिसकेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा निको हुने दर ९४ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत रहेको छ।

त्यसैगरी सङ्क्रमितमध्ये करिब ४० प्रतिशत महिला छन् भने करिब ६० प्रतिशत पुरुष रहेका छन्।

र पछिल्लो समय सबभन्दा बढी सङ्क्रमित हुने उमेर समूह २० देखि ४० को रहेको छ।

गम्भीर बिरामी भएर सघन उपचार कक्षमा उपचार गराइरहेकाहरूको सङ्ख्या ६ सय २७ रहेको छ भने भेन्टिलेटरमा १ सय ८१ जना रहेका छन्।

Share Now

Leave a comment.