Prakash Adhikari July 8, 2021

काठमाडौं, २४ आषाढ । जल तथा मौसम विज्ञान विभागले आज देशका प्रदेश १,२, बागमती, गण्डकी र लुम्बिनीमा भारी बर्षा हुने र बागमती, गण्डकी र लुम्बिनीमा धेरै नै भारी बर्षा हुने जनाएको छ ।

विभागका अनुसार हिजो बुधबार रातीदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा अविरल बर्षा भैरेहेको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

विभागले आज बिहान जारी गरेको मौसमसम्बन्धी बुटेटिनमा जनाइए अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
विभागको बुलेटिनमा भनिएको छ, प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।


नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मिति:२०७८०३ बिहान :०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis)

देशभर मनसुनी  वायुको  प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था (Present Weather Status)

देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षा भैरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान                       

२०७८ असार २४ गते (बिहिबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २,  बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ  । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ  । सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।


विभागले आज राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहने र देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज राति लुम्बिनी, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

बाढीको सतर्कता

विभागको बाढी पूर्वानुमान महाशाखाले बुधबार रातिदेखि नै नेपालका अधिकांश स्थानमा बर्षा भैरहेकोले नदी तटीय क्षेत्र र पहिरो जोखियुक्त क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरिरहेको छ ।

विभागले हिजो मध्यरातमा एक सूचना प्रकाशित गर्दै ईलाम, झापा र आसपासका क्षेत्रहरूमा पछिल्लो ६ घण्टामा भारी वर्षामापन भएको र थप हुन सक्ने भन्दै कन्काई, बिरिङ्ग, केर्खा लगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने, होचा स्थानमा डुबान हुन सक्ने, बिहान सम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको थियो ।

विभागले आज बिहान ७ः१५ बजे एक सूचना प्रकाशित गर्दै बडिगाड नदीको रुद्रवेणी स्थित जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा दिउसो सम्मै सतर्कता अपनाउन आग्रह गरेको छ ।

·

बिभागले आज बिहान ५ बजे प्रकाशित गरेको सूचनामा तमोर नदीको माझिटारस्थित जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा दिउँसो सम्मै सतर्कता लागि जानकारी गराएको छ ।·

 

बाढी पूर्वानुमान महाशाखाले बिहान ५ बजे दिएको जानकारी अनुसार चितवन जिल्लाको माडी क्षेत्रको छरछरे लगायत आसपासका क्षेत्रमा पछिल्लो १ घण्टा भारी बर्षा भएको छ र थप हुनसक्ने संभावना रहेको छ । उसले ती क्षेत्रका खहरेखोलामा आकस्मिक बाढी जानसक्ने भएकोले नदी तटीय क्षेत्र र डुबान हुने क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।·

आज गण्डकी र लुम्बिनी प्रदेशमा पनि अविरल बर्षा भैरहेको छ । बाढी पूर्वानुमान महाशाखाले बिहान ४ः४० बजे प्रकाशित गरेको सूचनामा नवलपुर जिल्लाको अरुङग र आसपासको क्षेत्रमा पछिल्लो १ घण्टामा भारी वर्षा भएको र थप वर्षा हुनसक्ने भएकोले सो क्षेत्रका ससाना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने, तटीय क्षेत्र तथा पहिरोग्रस्त क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको थियो ।

विभागले आज बिहान ४ः१५ बजे प्रकाशित गरेको सूचनामा दुधकोशी नदीको रबुवाबजार स्थित जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा दिउसोसम्मै सतर्कताको अपनाउन अनुरोध गरेको थियो ।

विभागले बिहान १ बजे प्रकाशित गरेको सूचनामा तनहुँको बिमलनगर, बन्दीपुर र आसपासका क्षेत्रहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको र थप वर्षा हुनसक्ने भन्दै ती क्षेत्रका ससाना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने भएकोले तटीय क्षेत्र तथा पहिरोग्रस्त क्षेत्रमा उच्च सतर्कता अपनाउन सचेत गराएको थियो ।

​त्यस्तै आज बिहान २ : १५ मा प्रकाशित सूचनामा सुर्खेतको खानीखोला र आसपासको क्षेत्रमा पछिल्लो १ घण्टामा भारी वर्षा भएको र थप वर्षा हुनसक्ने जानकारी गराएको थियो । बाढी पूर्वानुमान महाशाखाले ती क्षेत्रका ससाना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने भन्दै नदी र खोलाका तटीय क्षेत्र तथा पहिरोग्रस्त क्षेत्रमा उच्च सतर्कता अपनाउन सचेत गराएको थियो ।

त्यस्तै बिहान ३ः३० बजे प्रकाशित सूचनामा नवलपुर जिल्लाको देध गाँउ र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको र थप वर्षा हुनसक्ने जानकारी गराउदै ती क्षेत्रका नदीहरूमा आकस्मिक बहाव आउन सक्ने भएकोले तटीय क्षेत्र तथा पहिरोग्रस्त क्षेत्रमा सतर्कता अपनाउन सचेत गराइएको थियो ।

 

Share Now

Leave a comment.