Prakash Adhikari July 13, 2021

काठमाडौं, २९ आषाढ ।    नेपालमा थप २ हजार ३ सय ९८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६ लाख ५८ हजार ७ सय ७८ पुगेको छ । सोमबार २ हजार ३ सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

थप ७ हजार ५८ जनाको पिसिआर परीक्षण तथा ३ हजार ९ सय ५४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट १ हजार ६ सय ३९ तथा एन्टिजेनबाट ७५९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म ६ लाख २३ हजार १ सय ५ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७८ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

काठमाडौँ उपत्यकामा ५ सय ८७ सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो समय ५ सय ८७ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ४ सय १०, ललितपुरमा ९७ तथा भक्तपुरमा ८० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

१२ सङ्क्रमितको मृत्यु 

पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १२ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ४ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।

Share Now

Leave a comment.