काठमाडौं, ३० आषाढ ।नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा पुनस्थापनाो आन्दोलनमा संगै रहनुभएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटगरुी सरकारमा सहभागी बन्न अनुरोध गर्नुभएको छ ।
नेता नेपाललाई भेट्न प्रधानमन्त्री देउवा बुधबार नेपाल निवास कोटश्वरमा पुग्नुभएको थियो ।
न्रतिनिधिसभा पुनस्थापना र नयाँ सरकारको निर्माणो अभियानमा साथ दिनुभएका सहयोद्धा तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री देउवाले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसलाई संस्थागत गर्ने संविधान जोगाउन पर्ने दायित्व प्रतिगमनविरुद्धको अभियानमा सरिक राजनीतिक दलहरुको काँधमा आएकोले सरकारमा सहभागी भै दीगो,स्थायी र सक्षम सरकार दिन अनुरोध गर्नुभएको छ ।


















