Prakash Adhikari July 15, 2021

 

काठमाडौं, ३१ आषाढ । आज देशका प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दिनभर र राति बदली भइ बर्षा हुने जल तथा मौसम विभागले जानारी दिएको छ ।

विभागले विहान ६ः०० बजे प्रकाशित गरेको मौसमसम्बन्धी बुलेटिनमा जनाइए अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले भनेको छ हाल देशभर सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

महाशाखाले आज दिउँसो देशभर सामान्य देखिपूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । उसले भनेको छ ,प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र सुदूर-पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने विभागले जानकारी दिएको छ।

रातिमा पनि प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

पश्चिम नेपालमा बाढीको संभावना

विभागको बाढी पूर्वानुमान महाशाखाले आज नारायणी, कर्णाली, महाकाली, तिनाउ, पश्चिम राप्ती र बबई जलाधारका केही सहायक नदीहरुमा क्षणिक मध्यमरभारी बर्षा भई बहाब बढ्ने र केही साना नदीहरुमा आकस्मिक बहाब भई सतर्कता तह आसपास सम्म पुग्न सक्ने पूर्वानुमान गरेको छ ।

विभागले ती नदी र तिनका सहायक नदी तथा खोलाको तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

विभागले बिहान ९ :३० बजे एक सूचना जारी गर्दै कैलालीस्थित मोहना नदी मालाखेतिमा जलसतहले सर्तकता तह पार गरेकाले तटीय क्षेत्रहरू तथा डुबान भइरहने होचा स्थानहरूमा दिउँसो सम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै महाशाखाले बिहान ७ बजे एक सूचना प्रकाशित गर्दै दाङ्गको देउखुरी क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको उल्लेख गरेको छ । उसले सो क्षेत्र भई बहने स साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना भएकाले तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरूमा दिउँसो सम्मै सतर्कता अपनाउन सतर्क गराएको छ ।

Share Now

Leave a comment.