Prakash Adhikari July 16, 2021

काठमाडौं, १ साउन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारीको घुँडाको सफल शल्यक्रिया गरिएको छ ।

कतारको दोहास्थित अप्सेटर अस्पतालमा बिहीबार उहाँको घुँडाको शल्यक्रिया गरिएको हो । भण्डारीको उपचारमा कतार फुटबल सङ्घले सहयोग गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

गत वर्ष महिला राष्ट्रिय लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलमा उहाँलाई चोट लागेको थियो ।

दश दिनको क्वारेन्टिनपछि उहाँ यसैसाता उपचारका लागि अस्पताल भर्ना हुनुभएको थियो ।

भण्डारी सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध हुनुहुन्छ । सो लिगमा उहाँले १० खेलमा ४३ गोल गर्नुभएको थियो । यसअघि एन्फाको पहलमा राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडी विक्रम लामा र विमल घर्तीमगरको पनि कतारमै उपचार गरिएको थियो ।


Sabitra Bhandari

about ३ weeks ago

करिव ५ महिना अघि घुँडामा लागेको चोटको उपचारका लागि आज कतार प्रस्थान गर्दैछु। उपचार पश्चात अझै शसक्त भएर मैदान फर्कने कोशिस गर्नेछु। यो बीचमा मलाई साथ सहयोग र हौसला प्रदान गर्नुहुने तपाई सबैमा धेरै धेरै धन्यवाद। उपचारको व्यवस्था मिलाई दिनु हुने एन्फालाई विशेष आभार। ??❤️

May be an image of ३ people, people standing and text that says 'THE NOR FAC'May be an image of 1 person and standing


Share Now

Leave a comment.