काठमाडौं, १ साउन । नेपाल इन्भेष्टमेन्ट बैंक युरोमनि मनि अवार्ड फर एकसीलेन्स २०२१ बाट सम्मानित भएको छ ।
बैंकले दोस्रो पटक यो अवार्ड पाएको हो । यस अघि बैंकले २०१८ मा यो अवार्ड जितेको थियो । वित्तीय क्षेत्रमा निकै सम्मानित मानिने यो अवार्ड यूरोमनि म्यागाजिनले हरेक बर्ष एउटा देशको उत्कृष्ट बैंकलाई प्रदान गर्दै आएको छ।
१९९२ मा स्थापना गरिएको यस अवार्ड कार्यक्रम विश्व बैंकिङ्ग उद्योगमा सुरु गरिएको पहिलो अवार्ड हो ।
युरोमनि अवार्ड विश्वको १०० वटा देशमा वितरण हुने गरेको छ। बैंकको गुणस्तरीय सेवा, सिर्जनात्मक र ग्राहक प्रतिको विशेषज्ञताका लागि युरो म्यागेजिनले यो अवार्ड प्रदान गर्दै आएको छ।
नेपाल इन्भेष्टमेण्ट बैंकले देशभर८६ शाखा कार्यालयहरू, १ सय ३१ एटिएम, १० वटा राजस्व संकलन काउण्टर एवं ५८ वटा शाखारहित बैंकिङ्गमार्फत् आफ्ना ग्राहकहरुलाई भरपर्दो सेवा दिंदै आएको छ।
निकै राम्रो सेवा र व्यापारको कारण यो ‘बैंक अफ द इयर’ अवार्डबाट पाँच पटक सम्मानित भैसेकेको छ ।
इन्भेष्टमेण्ट बैंक अब अर्को प्रतिष्ठित बाणिज्य बैंक हिमालयन बैंक लिमिटेडसंग एकापसमा गाभिएर अझ भरपर्दो सेवा दिन अग्रसर भएको छ ।


















