काठमाडौं, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासंग चिनियाँ राजदूत होउ यान्छीले भेट गर्नुभएको छ ।
शुक्रबार दिउँसो राजदूत यान्छी प्रधानमन्त्री निवास बालुवाटार भेट गर्नुभएको हो ।
प्रधानमन्त्री देउवाले ट्विट गर्दै राजदूतसँग भेट भएको जानकारी दिनुभएको छ ।
भेटमा राजदूत यान्छीले प्रधानमन्त्री पदमा नियुक्त हुुनुभएकोमा देउवालाई वधाई दिनुभएको थियो ।
उहाँहरुबीचमा दुई देशबीचको आपसी सम्बन्ध अझ सुमधुर र मजबूत बनाउने विषयमा कुरा भएको थियो ।
भेटमा प्रधानमन्त्री देउवाले नेपालमा कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चीनले उदारतापूर्वक दिएको स्वास्थ्य सहयोग र कोरोना भाइरसविरुद्धको खोप सहयोगको प्रशंसा गर्नुभएको थियो ।
“आज बालुवाटारमा मैले चिनियाँ राजदूत होउ यान्छीलाई भेटेँ। म चीनसँगको सम्बन्धलाई थप बलियो बनाउने छु”, प्रधानमन्त्री देउवाले आफ्नो ट्वीटरमा भन्नुभएको छ।
Meeting with @PRCAmbNepal at Baluwatar today. I look forward to building a stronger relationship with China. pic.twitter.com/0rT2zFZxcT
— Sher Bahadur Deuba (@SherBDeuba) July 16, 2021
यसअघि देउवालाई भेट्न भारतीय राजदूत विनयमोहन क्वात्रा र अमेरिकी राजदूत र्यान्डी बेरी बुढानीलकण्ठ पुग्नुभएको थियो।