Prakash Adhikari July 18, 2021

काठमाडौं, ३ साउन। आफ्नो पार्टीका अध्यक्ष तथा तात्कालीन प्रधानमन्त्री के.पी. शर्मा ओलीले पार्टीभित्र र सरकारको तर्फबाट अधिनायकवादी शैली अपनाएर संविधान र मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रातात्मक शासन व्यवस्था समाप्त पार्ने कदम चालेर आजित भएका नेकपा एमालेका २२ जना सांसदहरुले पार्टीको निर्णयको अवज्ञा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुभएको छ ।

सर्वोच्च अदालतको आषाढ २८ गतेको फैसलाले पुनस्थापित संसदको पहिलो दिनको दोस्रो बैठकमा विश्वासको मत लिनुभएका प्रधानमन्त्री ओलीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका २२ जना सांसदहरुले पार्टी अनुशासन उल्लंघन गर्दै मत दिनुभएको हो ।
आइतबार राति भएको विश्वासको मतमाथिको मतविभाजन प्रक्रियाद्धारा मतदान गराउदा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा १६५ मत पाउनुभएको थियो ।

प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेसका सबै सांसदहरुले, नेकपा माओवादीका सबै सांसदहरुले जनतासमाजवादी पार्टीका सबै सांसदहरुले, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले र नेकपा एमालेका २२ सांसदले मत दिनुभएको थियो ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद रहनुभएको छ।

पार्टीको स्थायी समितिले अविश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेता पनि सर्वोच्च अदालतको आषाढ २८ गतेको ऐतिहासिक फैसलालाई मनन् गदै विपक्षी दलका संसदीय दलका नेता तथा सभापतिलाई प्रधानमन्त्री बताउन एमाले सांसदहरुले मतदान गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवालाई मत दिनमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहनुभएको छ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि प्रधानमन्त्री देउवाको पक्षमा मत दिनुभएको थियो ।

Share Now

Leave a comment.