Prakash Adhikari July 20, 2021

 

काठमाडौं, ५ साउन । निषेधाज्ञामा खुकुलोपन अपनाउन थालिएसंगै नेपालमा दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह जनाए अनुसार विगत २४ घण्टामा नेपालमा थप ३ हजार १ सय ८ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ भने थप २५ जनाको मृत्यु भएको छ ।

मङ्गलवार अपराह्ण प्रकाशित तथ्याङ्कअनुसार १३ हजार १ सय ३५ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ४ हजार २ सय ९९ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

कुल परीक्षणको साढे २३ प्रतिशतभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

स्वास्थ्य अधिकारीहरूले यसलाई उच्च दर भन्दै जोखिम कम नभएको बताउँदै आएका छन्।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख २१ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९, हजार ६ सय ७ पुगेको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १ हजार ५ सय ९५ जना सङ्क्रमणमुक्त भएका छन्।

नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

खोप
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले कुल २६ हजार ८ सय जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ।

तीमध्ये २३ हजार ८ सय ३४ जना घरमा तथा २ हजार ५ सय ८५ जना संस्थागत आइसोलेशनमा छन्।

सङ्क्रमितमध्ये अहिले ५ सय ९२ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १ सय ७२ जना भेन्टिलेटरमा छन्।

अहिले पुष्टि गरिएका सङ्क्रमितमध्ये ५ सय ३१ जना काठमाडौंमा र मोरङमा २ सय ५२ छन्।

सुनसरी, झापा, चितवन, ललितपुर र कास्कीमा पनि एक सय जनाभन्दा बढी सङ्क्रमित फेला परेका हुन्।

सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाडौं. उपत्यकामा धेरै देखिन्छ।(बीबीसीबाट)

 

Share Now

Leave a comment.