Prakash Adhikari July 23, 2021

काठमाण्डौं,८ साउन । भरपर्दो, सुरक्षित र आरामदायी सेवा दिने उद्देश्यले स्थापना भएको देश दर्शन बस सेवा पुनः सुचारु भएको छ ।

दोस्रो निषेधाज्ञा सुरु भएपश्चात बैशाख १६ देखि बन्द भएको सेवा पुनः सुचारु भएको कम्पनीले जनाएको छ । देश दर्शन बस सेवाका कार्यकारी निर्देशक श्रीकान्त आचार्यले हाल पोखरा, बुटवल, भैरहवा, सुनौली, जनकपुर र बीरगंजमा दैनिक तथा रात्रीकालीन बस सेवा सुचारु गरेको जानकारी दिनुभएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई बस चढ्नुअगाडि शरीरको तापक्रममापन गर्ने, चालक, सहचालक यात्रुलाई मास्कको अनिवार्य व्यवस्था गर्ने, बसभित्र स्यानिटाइजर गर्ने लगायतका सम्पूर्ण व्यवस्था मिलाएको कम्पनीका बजार व्यवस्थापक प्रल्हाद लोहनीले बताउनुभयो ।

देश दर्शन बसको टिकट देशदर्शन बससेवाप्रालिको वेवसाइट, नेट पे, लक्जरियर्स ट्राभल्स र इसेवामार्फत प्राप्तगर्न सकिने भएको छ ।

‘पहिला देश अनि विदेश’भन्ने नाराका साथमा आन्तरिक पर्यटकको वृद्धि एवम् विकास गर्ने लक्ष्य लिएर सो बस सेवा संचालनमा ल्याईएको जानकारी देश दर्शन बस सेवा प्रा.लिका अध्यक्ष सी एन पाण्डेले बताउनुभयो ।

Share Now

Leave a comment.