Prakash Adhikari July 24, 2021

काठमाडौं, ९ साउन । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सौरभ राणा प्रहरी नायव महानिरीक्षक (डीआइजी) पदमा बढुवा सिफारिस हुनुभएको छ।

बिहीबारबसेको बढुवा समितिको बैठकको निर्णय अनुसार गृहमन्त्रालयले राणालाई डीआइजीमा बढुवाका लागि सिफारिस गरेको हो।

राणा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवा, रूपन्देहीमा कार्यरत हुनुहुन्छ।

प्रहरी महानिरीक्षक शैलेश थापासंगै प्रहरी सेवामा प्रवेश गर्नुभएका राणालाई डीआईजी सहकुलबहादुर थापा एआईजीमा बढुवा भएपछि खाली दरबन्दीमा बढुवा गर्न लागिएको हो ।

Share Now

Leave a comment.