Prakash Adhikari July 26, 2021

वाशिड.टन डी.सी.(संयुक्त राज्य अमेरिका), ११ साउन (बीबीसी) । खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढिरहेका बेला अमेरिकाका एक जना प्रमुख स्वास्थ्य विज्ञ डा. एन्थोनी फाउचीले कोरोनाभाइरसका मामिलामा अमेरिका गलत दिशामा हिँडिरहेको बताउनुभएको छ।

उहाँले कोरोनाभाइरसको खोप लगाइने दर कम भएका क्षेत्रमा डेल्टा भेरिअन्ट बढिरहेको पनि उल्लेख गर्नुभएको छ।

फाउचीले स्वास्थ्य अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिनका निम्ति खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्ने कुराबारे विचार गरिरहेको बताउनुभएको छ।

 

राष्ट्रपति वाइडन प्रशासनका स्वास्थ्य सल्लाहकार रहनुभएका फाउचीले कमजोर व्यक्तिहरूलाई प्रतिरक्षा बढाउनेखाले खोप दिने कुरा पनि समीक्षाका क्रममा रहेको बताउनुभएको छ।

खोप नलगाएकाहरूका बीचमा अमेरिकामा कोरोनाभाइरस एउटा महामारी बनेको उहाँको भनाइ छ ।

आइतवार सीएनएनसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार फाउचीले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो।

खोप

खोप

अमेरिकामा हालसम्म त्यहाँको जनसङ्ख्याको ४९ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेको आधिकारिक विवरणमा देखिन्छ।

त्यहाँ गत एप्रिलदेखि खोप लगाउने दरमा कमी देखिएको छ।

त्यसबेलासम्म कोरोनाभाइरसविरुद्ध खोप लगाउनेमा अमेरिका सबैभन्दा अगाडि थियो। विशेषगरी अमेरिकाका दक्षिणी राज्यहरूमा खोप लगाउने दर कम देखिएको छ।

यसैबेला अमेरिकामा दैनिक कोरोनाभाइरस सङ्क्रमणको दर बढेको छ। त्यहाँ मे र जुन महिनामा सङ्क्रमण निकै कम भएको थियो।

बढी सङ्क्रामक डेल्टा भाइरसका कारण पनि सङ्क्रमण दर वृद्धि भएको ठानिएको छ।

 

Share Now

Leave a comment.